२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश…
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङ घटनाः पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान



अ+ अ-

काठमाडौँ । ताप्लेजुङको पाथिभरा क्षेत्रमा केबलकारको विरोधमा रहेको पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरिएको छ ।

कोशी प्रदेश सरकारले गठन गरेको वार्ता टोलीले पहिचान पक्षरलाई वार्तामा बोलाएको हो ।

गत शनिबार प्रहरी र पहिचान पक्षधरबीच भएको झडपपछि प्रदेश सभाको बैठकमा सांसदले ताप्लेजुङको विवाद वार्ताबाट समाधान गर्न माग गरेका थिए ।

मंगलबार बसेको सरकारी वार्ता टोलीको बैठकले प्रदेशमा आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो ।

झडपमा प्रहरीले चलाएको गोली लागेर २ सहित तीन जना गम्भीर घाइते भएका थिए । उनीहरुको शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । झडपमा २१ प्रहरी घाइते भएका थिए ।

 




भर्खरै