४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रो टी–२० मा इंग्ल्याण्डले भारतलाई २६ रनले हरायो



अ+ अ-

काठमाडौँ । मंगलबार भएको तेस्रो टी–२० खेलमा भारत इंग्ल्याण्डसँग २६ रनले पराजित भएको छ ।

राजकोटमा भएको खेलमा इंग्ल्यान्डबाट भारतले १७२ रनको लक्ष्य पाएको थियो तर भारतीय ब्याट्सम्यानले २० ओभरमा ९ विकेट गुमाएर १४५ रन मात्रै बनाउन सके ।

भारतले ८ ओभरमा ६८ रनमा ४ विकेट गुमाएको थियो । यहाँबाट रन रेट अत्यन्त सुस्त बन्यो, टोलीले अर्को ६ ओभरमा २२ रन मात्र बनाउन सके, जुन हारको सबैभन्दा ठूलो कारण बन्यो ।

हार्दिक पाण्ड्याले ३५ बलमा ४० रन, वासिङ्टन सुन्दरले १५ बलमा ६ रन र अक्षर पटेलले १६ बलमा १५ रन बनाए ।

तेस्रो टी–२० जितेर इंग्ल्याण्डले सिरिज बचाएको छ । सिरिजमा भारत अझै २–१ ले अगाडि छ । चौथो खेल ३१ जनवरीमा पुणेमा हुनेछ ।