८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द

पूर्वराष्ट्रपतिद्वारा युवा वैज्ञानिकहरुसँग अन्तर्किया

पूर्वराष्ट्रपतिद्वारा युवा वैज्ञानिकहरुसँग अन्तर्किया
अ+ अ-

विराटनगर । कोशी प्रदेश भ्रमणमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगरका युवा वैज्ञानिकहरुसँग अन्तक्र्रिया गर्नुभएको छ ।

कार्यक्रममा विराटनगर क्षेत्रमा कृयाशील युवा वैज्ञानिक, युवा इन्जिनियर, युवा प्राध्यापक र विज्ञान क्षेत्रका युवा विधार्थी सहभागी थिए।

आफ्नो कोशी प्रदेश भ्रमण शैक्षिक संस्थाहरुको भ्रमण रहेको र देशभरका युवाहरु सङ्ग आफू निरन्तर अन्तर्कियामा रहेको बताउँदै भण्डारीले नेपालको शिक्षामा आमुल परिवर्तनको आवश्यकता रहेको बताउनुभयो । आफ्नो ध्यान शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य, जलवायु परिवर्तन र त्यसले पारेका असरहरुमा केन्द्रीत रहेको बताउँदै उहाँले अहिलेका समस्याको हल सामुहिक पहलकदमीबाट मात्र हुने बताउनुभयो।

विराठनगरसँग आफ्नो राजनैतिक मात्र नभइ भावनात्मक सम्बन्ध रहेको भन्दै उहाँले विराटनगरकै ठूलो क्याम्पस महेन्द्र मोरङ्ग क्याम्पसको शैक्षिक र भौतिक गुणस्तर बढाउन आफू निरन्तर कृयाशिल रहेको बताउनुभयो। कार्यक्रममा सहभागी युवा वैज्ञानिकहरुका समस्यालाई ध्यानपूर्वक सुन्दै ती समस्याको समाधानका लागि आफ्नो ठाउँबाट पहलकदमी लिने बताउनु भयो ।

खासगरी पाठ्यक्रममा समस्या, भौतिक असुविधा, अनुसन्धान वातावरणको अभावले युवा वैज्ञानिकहरु पलायन हुने अवस्था रहेको उल्लेख गर्दै त्यस अवस्थाको अन्त्यको लागि राज्यले आबश्यक पहलकदमी लिनुपर्ने बताउनुभयो। देशभित्र उत्पादन गर्न सकिने कृषि, वन र बनस्पती जन्य सामानहरु पनि उत्पादन नगर्दा अर्बौं रुपैयाँ देश बाहिर गएको र त्यो पैसा देशभित्र राख्न सक्दा शिक्षा र विज्ञान प्रविधिको विकासका लागि पूँजीको अभाव नहुने बताउँदै उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्दै सबल र गरिमामय नागरिक जीवन निर्माणमा युवाहरुले भूमिका खेल्नुपर्ने कुरामा जोड दिनुभयो।

नेपालका विश्वविद्यालयहरुलाई अनुसन्धानमुखी बनाइ दक्ष जनशक्तिलाई देश निर्माणमा लगाउन आवश्यक रहेको तर्फ सरकारको ध्यानाकर्षण गराउने बताउनु भयो। नेपालको विकास र समृद्धिका लागि सम्भावनाहरुको खोजी गर्नु पर्ने कुरामा जोड दिँदै पूर्वराष्ट्रपति भण्डारीले युवाहरुको भूमिका आशाको सञ्चार गर्न निर्माणमा उल्लेखनीय हुने बताउनुभयो। देश निर्माणमा आफू निरन्तर लाग्ने भन्दै उाँले देशभरका युवासँग आफू निरन्तर संवादमा रहने बताउनुभयो।

कार्यक्रममा सहभागी युवा वैज्ञानिकहरुले आफ्ना कुराहरु पूर्वराष्ट्रपतिसँग निर्धक्क राख्न पाउँदा खुशी लागेको बताउदै शिक्षा, विज्ञान प्रविधि , स्वास्थ्य र जलबायु परिवर्तनका मुद्दामा पुर्व रास्ट्रपति लिने पहलकदमीमा आफूहरुको निरन्तर साथ र सहयोग रहने प्रतिवदता ब्यक्त गर्नु भयो।