८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द

ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा

ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा
अ+ अ-

कञ्चनपुर । कञ्चनपुरका संरक्षण क्षेत्रबाहिरका ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा परेको छ । अनियन्त्रित चोरी शिकारी, अवैध व्यापार, जलवायु परिवर्तनको असर, विषादी तथा कीटनाशक, रासायनिक मलको प्रयोग, जलप्रदूषण, प्लास्टिक फोहर, सिँचाइका लागि पानीको अति प्रयोग, ताल सुकाएर माछा मार्ने कार्यले चरा संरक्षणमा चुनौती थपिएको छ ।

नेपाल पन्छी संरक्षण सङ्घ ९बिसिएन० का चराविद् हिरुलाल डगौराले सीमसार क्षेत्र खुम्चिदै जाँदा चराको बासस्थानमा खलल पुगेको बताउनुहुन्छ । “ताल तथा सीमसार क्षेत्र अतिक्रमण हुँदा ८६ प्रतिशत चरा जोखिमा रहेको पाइएको छ”, उहाँले भन्नुभयो, “चराको बासस्थानसँगै ताल तलैया तथा सीमसार क्षेत्रमा चरा मार्नका लागि विषादीको प्रयोग हुने गरेको पाइएको छ, त्यस कार्यले चराको अस्तित्व खतरामा परेको छ ।”

उहाँका अनुसार बेलौरी नगरपालिाका–६ स्थित पुरैनी तालमा सन् २०१७ मा गरिएको सर्वेक्षणमा दुई हजार दुई सय जलपन्छी फेला परेका थिए । त्यसको नौ वर्षपछि सन् २०२५ मा आइपुग्दा चराको सङ्ख्या घटेर सात सय ५ पुगेको छ । चराको सङ्ख्या बर्सेनि घट्दै जानुमा बासस्थान विनाश प्रमुख कारणका रुपमा रहेको छ ।  बीउ छर्न र उमार्न, परागसेचन गर्न, परिस्थितिकीय प्रणालीमा सहयोग गर्न, कीरा फट्याङ्ग्रा नियन्त्रण गर्नमा चराले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । योसँगै पर्यापर्यटनमा टेवा, वातावरणको शोभा बढाउने कार्यसँगै चराको धार्मिक तथा सांस्कृति महत्व रहेको चराविद् डगौरा बताउनुहुन्छ ।

बिषादी प्रयोग गरी चरा मार्ने तथा शिकार गर्ने कार्यलाई स्थानीय सरकार, प्रशासनिक निकायले नियन्त्रण गर्नुपर्ने उहाँ बताउनुहुन्छ । बिसिएनको सहयोगमा चरा संरक्षणका लागि समुदाय स्तरमा सचेतना फैलाउनका लागि छलफल, गोष्ठी, बैठकसँगै चरा अवलोकनका कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् । ती कार्यक्रममा चरा संरक्षण गर्नका लागि सीमसार क्षेत्र जोगाउनुपर्ने कुरामा जोड दिइँदै आएको छ ।

स्वस्थ्य, प्राकृतिक सिमसार क्षेत्र मानव अस्तित्वका लागि महत्वपूर्ण रहेको कुरा समुदायलाई सम्झाउने बुझाउने कार्य हुदै आएको कञ्चनपुर पंछी संरक्षण समूहका अध्यक्ष सन्देश चौधरी बताउनुहुन्छ । “सिमसारसँग मानव समाजको अत्यावश्यक र आधारभूत सम्बन्ध छ”, उहाँले भन्नुभयो, “ताजा पानी आपूर्ति गर्ने कार्य सँगै सीमसार क्षेत्रले पानी भण्डारण गर्दछन, जसका कारण सीमसार क्षेत्र महत्वपूर्ण छ ।”

एक सर्वेक्षणअनुसार आधाभन्दा बढी विश्वको मुख्य आहाराको लागि सिमसारमा उब्जाएको उत्पादनमा निर्भर छ । विश्वका एक अर्बभन्दा बढी मानिसका लागि सिमसार क्षेत्रका माछाहरु प्रोटिनका प्राथमिक स्रोत हुन् ।

सीमसार क्षेत्रमा उब्जाएको धानले वार्षिक तीन दशमलव पाँच अर्ब मानिसलाई खान पुग्छ । सीमसार क्षेत्रको महत्व नबुझदा अतिक्रमणको चपेटामा पर्दै गएको छ । प्रवासी चराचुरुङ्गी र अन्य जनावरहरु यात्राका क्रममा आराम गर्ने, खाना खाने ठाउ वा प्रजननका लागि सिमसारमा निर्भर हुन्छन ।

रैथाने र प्रवासी चराको मुख्य बासस्थानका रुपमा रहेका सीमसार क्षेत्रलाई जोगाउनका लागि सबैको महत्वपूर्ण भूमिका हुने बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीको भनाइ छ । बिसिएनसँग सहकार्य गरी नगरपालिका क्षेत्रभित्रका सीमसार क्षेत्र संरक्षण र जलपंछी संरक्षणका लागि योजनाबद्ध रुपमा कार्यक्रम सञ्चालन गर्न इच्छुक रहेको उहाँको भनाइ छ ।

“पर्याप्त खाना, सुरक्षित प्रजननस्थल र राम्रो मौसमको खोजीमा चराहरु टाढा टाढाबाट बर्सेनि ताल तलैया र सीमसार क्षेत्रमा आइपुग्छन्”, चरा संरक्षणकर्मी सुवन चौधरीले भन्नुभयो, “तालको शोभा बढाउने चरा जोगाउनका लागि तालमा माछा मार्ने कार्य रोकिनुपर्छ, बिषादी हालेर चरा मार्ने कार्यलाई निरुत्साहित गरिनुपर्छ ।”

कञ्चनपुरमा चार सय ८० प्रजातिका चराहरु पाइन्छन् । जसमा संरक्षितको सूचिमा रहेका नौ प्रजातिमध्ये सेतो गरुड, कालो गरुड, खरमजुर, सानो खरमजुर सारस, राजधनेशलगायतका चराहरु पनि यहाँ पाइन्छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा संरक्षित पंछी सिकार गरी मारेमा वा घाइते बनाएमा रु १५ हजारदेखि रु ३० हजारसम्म जरिवाना वा तीन महिनादेखि नौ महिना कैद वा दुवै सजाय हुने व्यवस्था रहेको रहेको कुण्डा सव डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताउनुभयो ।

सोही ऐनअन्तर्गत संरक्षित वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई रु एक लाखदेखि रु पाँच लाखसम्म जरिवाना वा एक वर्षदेखि १०वर्षसम्म कैदको व्यवस्था  रहेको छ । रासस