२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रथम जय नेपाल कपको उपाधि मध्यपश्चिम विश्वविद्यालयलाई



अ+ अ-

१५ माघ, काठमाडौँ। पहिलो जय नेपाल कपको उपाधि नेपालको मध्यपश्चिम विश्वविद्यालयले हात पारेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा आज सम्पन्न फाइनल प्रतियोजितामा मध्यपश्चिम विश्वविद्यालयको टोलीले भारतको लखनउ विश्वविद्यालयको टोलीलाई ५८ रनले पराजित गरी उपाधि हात पारेको हो।

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विजेता तथा उपविजेता टोलीलाई ट्रफी तथा पदक प्रदान गरेका थिए। फाइनल प्रतिस्पर्धामा टस जितेको मध्यपश्चिम टोलीले ब्याटिङ रोजेको थियो। सुरूवाती ओभरमा छिटो विकेट गुमाएर दबाबमा रहेको मध्यपश्चिमलाई देवान पुन र विपिन खत्रीले शतकीय साझेदारी खेल्दै बलियो स्थितिमा पुर्‍याएका थिए। विपिनले आक्रामक रूपमा २८ बल खेल्दै ५ चौका र ४ छक्कासहित ५९ रन बनाए भने देवानले ३६ बलमा ६ चौका र दुई चौकासहित ५८ रन बनाए।

यसरी मध्यपश्चिमले ६ विकेटको क्षतिमा बनाएको कूल १७५ रनको जवाफमा ब्याटिङ गर्न उत्रिएको लखनउ विश्वविद्यालयको टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सकेको थियो। लखनउ विश्वविद्यालयका तर्फबाट मनन कन्डवाले सर्वाधिक ५८ रन बनाए।

प्रतियोगितामा पाँच खेलमा ११ विकेट लिएका विपिन खत्री प्रतियोगिताको सर्वोकृष्ट बलर एवं ‘प्लेयर अफ द टुर्नामेन्ट’ को घोषित भए भने लोकेन्द्र बम सर्वोत्कृष्ठ ब्याटर घोषित भए।

उनले प्रतियोगिताका चार प्रतिस्पर्धामा २०५ को स्ट्राइक रेटमा कुल दुई सय ५३ रन बनाएका थिए। नेपाल विद्यार्थी संघको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा तीन देशका ८ विश्वविद्यालयका टोलीबीच प्रतिस्पर्धा भएको थियो।रासस