१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रथम जय नेपाल कपको उपाधि मध्यपश्चिम विश्वविद्यालयलाई



अ+ अ-

१५ माघ, काठमाडौँ। पहिलो जय नेपाल कपको उपाधि नेपालको मध्यपश्चिम विश्वविद्यालयले हात पारेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा आज सम्पन्न फाइनल प्रतियोजितामा मध्यपश्चिम विश्वविद्यालयको टोलीले भारतको लखनउ विश्वविद्यालयको टोलीलाई ५८ रनले पराजित गरी उपाधि हात पारेको हो।

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विजेता तथा उपविजेता टोलीलाई ट्रफी तथा पदक प्रदान गरेका थिए। फाइनल प्रतिस्पर्धामा टस जितेको मध्यपश्चिम टोलीले ब्याटिङ रोजेको थियो। सुरूवाती ओभरमा छिटो विकेट गुमाएर दबाबमा रहेको मध्यपश्चिमलाई देवान पुन र विपिन खत्रीले शतकीय साझेदारी खेल्दै बलियो स्थितिमा पुर्‍याएका थिए। विपिनले आक्रामक रूपमा २८ बल खेल्दै ५ चौका र ४ छक्कासहित ५९ रन बनाए भने देवानले ३६ बलमा ६ चौका र दुई चौकासहित ५८ रन बनाए।

यसरी मध्यपश्चिमले ६ विकेटको क्षतिमा बनाएको कूल १७५ रनको जवाफमा ब्याटिङ गर्न उत्रिएको लखनउ विश्वविद्यालयको टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सकेको थियो। लखनउ विश्वविद्यालयका तर्फबाट मनन कन्डवाले सर्वाधिक ५८ रन बनाए।

प्रतियोगितामा पाँच खेलमा ११ विकेट लिएका विपिन खत्री प्रतियोगिताको सर्वोकृष्ट बलर एवं ‘प्लेयर अफ द टुर्नामेन्ट’ को घोषित भए भने लोकेन्द्र बम सर्वोत्कृष्ठ ब्याटर घोषित भए।

उनले प्रतियोगिताका चार प्रतिस्पर्धामा २०५ को स्ट्राइक रेटमा कुल दुई सय ५३ रन बनाएका थिए। नेपाल विद्यार्थी संघको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा तीन देशका ८ विश्वविद्यालयका टोलीबीच प्रतिस्पर्धा भएको थियो।रासस