७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा सदस्यमा बामदेव गौतम मनोनित, ४ बजे सपथ



अ+ अ-

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् । उपाध्यक्ष गौतमले अहिले ४ बजे राष्ट्रियसभा सदस्यमा सपथ ग्रहण लिदैछन् । 

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् । राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली थियो ।