२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना

माओवादी निकटका सदस्यद्वारा राखेप बोर्ड बैठक बहिस्कार, दशौं राष्ट्रिय खेलकुद अन्यौलमा

माओवादी निकटका सदस्यद्वारा राखेप बोर्ड बैठक बहिस्कार, दशौं राष्ट्रिय खेलकुद अन्यौलमा
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकटका बोर्ड सदस्यहरुले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बैठक बहिस्कार गरेका छन् । युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा बसेको १२० औं बोर्ड बैठकमा असन्तुष्टि जनाउँदै ती सदस्यहरुले बैठक बहिस्कार गरेका हुन् ।

बैठक बहिस्कार गर्नेहरुमा प्रकाश कुमार कुसारी, अञ्जन धमला र जनक प्रसाद बर्तौला रहेका छन् ।

‘बोर्ड बैठकमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राखेप उपाध्यक्ष ध्रुव आचार्यले विविधको सन्दर्भमा कार्यकारी नियुक्ति गर्ने सम्बन्धमा कांग्रेस–एमाले गठबन्धनको सरकार रहेकाले दुई उहाँहरु हुनुपर्छ भन्दै दुई जनाको नाम प्रस्ताव गर्नुभयो निर्णयका लागि । त्यसपछि माओवादी निकट हामी तीन जना बहिस्कार गरेर निस्कियौँ ।’ बैठक बहिस्कार गर्ने एक सदस्यले न्यूजपोलारसँग भने ।

यस्तै असहमति जनाउनेमा एमाले निकटकी नन्दा बस्याल, विश्वविद्यालयबाट प्रतिनिधित्व गर्ने बोर्ड सदस्य डा मधुसुदन सुवेदी बिना श्रेष्ठ र अञ्जना श्रेष्ठ रहेका छन् । यी सदस्यहरुले पनि उक्त एजेण्डाको विरोध जनाएका छन् ।

यसका साथै ती सदस्यले २०८१ साल चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भनिएको दशौं राष्ट्रिय खेलकुद सञ्चालन हुन नसक्ने दाबी गरे ।

उनले भने ‘आर्थिक नम्स पास भएको छैन । सार्वजनिक खरिद प्रक्रियाको कुरा छ । चैतमा प्रतियोगिता नहुनेवित्तिकै बैशाख र जेष्ठमा कक्षा ११–१२ को परीक्षा हुन्छ । खेलाडीहरु ११–१२ पास गरेकाहरु नै बढी हुन्छन् । त्यसैले असारमा जान सक्छ । असारमा पुगेपछि बर्खा लाग्छ, क्लोजिङको समयमा कसरी दशौं राष्ट्रिय खेलकुद हुन सक्छ ?’