काठमाडौ । नेपाल टेलिकमले संविधानदिवस (राष्ट्रियदिवस)२०७७असोज ३ को अवसरमा अनलिमिटेड युट्युब ,अनलिमिटेड फेसबुक र एड–अन प्याक उपलब्ध गराउन आवश्यक तयारी पुरा गरेको छ । यहीअसोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै रु. ५५ प्रतिप्याकमा खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिन छ । साथै,अनलिमिटेड युट्युब र अन लिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमारु. १५ मा १ जीबी डाटा प्याक खरिद गरी डाटाप्रयोग गर्न सकिने सुविधा समेत उपलब्ध हुनेछ ।
यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्मप्रयोग गर्न सकिनेछ । हाल समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी पर डे डाटा प्याक रु. ८५० मा
उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४.७ प्रतिशतको भारी छुट प्रदान गरिएको छ । सो अनुसार यो प्याक २०७७ असोज २, ३ र ४ गते जम्मा रु. ५५५ मा उपलब्ध हुनेछ । संविधान दिवसका अवसरमा उपलब्ध गरिएका यी अफरहरु *1415*11# डायल गरी प्राप्त गर्न सकिने छन् । साथै,ग्राहक वर्गको सहजताका लागि नेपाल टेलिकम एपबाट समेत यी प्याकहरु खरिदगर्न सकिने व्यवस्था गरिएको छ ।











