२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको प्रवर्द्धकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम News Polar फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ News Polar सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया News Polar विपद्पछि पुनःस्थापना र पुनर्निर्माणबारे संसदीय विशेष समितिले थाल्यो स्थलगत अध्ययन News Polar बेतिथिमा संलग्न अस्पताल र चिकित्सकप्रती निर्मम बन्दै सरकार News Polar सञ्चारमन्त्री तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट News Polar लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर News Polar शिक्षा ऐनमा निजी विद्यालयका विषय समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव News Polar भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा News Polar आज दिनभर झरी, शनिबारदेखि सुधार हुने News Polar अस्थायी आवास बनाउन चाहने सङ्घसंस्थबाट प्रस्ताव आह्वान News Polar दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी News Polar दसैँमा एटीएमबाटै रु १०० का नयाँ नोट पाइने News Polar नवलपुरमा गर्भपतन सेवा लिनेका सङ्ख्या घट्दै News Polar लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर गुल्मीमा एकजनाको मृत्यु News Polar सरकारले जलन उपचारका लागि राष्ट्रिय मापदण्ड तयार गर्‍यो News Polar तीस अर्बको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक

नेपाल–चीन नाका ठप्प: करिब १२ सय कन्टेनर अलपत्र

नेपाल–चीन नाका ठप्प: करिब १२ सय कन्टेनर अलपत्र
अ अ+ अ-

काठमाडौँ। चीनसँगका नेपालका प्रमुख व्यापारिक नाकाबाट व्यापार र भन्सार सहजीकरणमा समस्या भएको लामो समय भइसक्यो । नाका सहजीकरण गर्न र व्यापार सहज बनाउन नेपालले गरेका पहल भने सार्थक बनेका छैनन् । त्यसै कारण रसुवागढी र तातोपानी नाकाबाट आयात निर्यात ठप्पजस्तै छ । यसबाट नेपालका व्यापारीका धेरै सामग्री अलपत्र परेका छन् । २०७२ वैशाखको भूकम्पले तातोपानी नाकाका पूर्वाधार काम नलाग्ने बनाएपछि विकल्पका रूपमा रसुवागढी नाका खोलिएको हो । भूकम्पलगत्तै भारतले लगाएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ पनि आयात गर्न प्रयोग गरिएको यो नाका कोभिड–१९ का कारण गत माघदेखि नै ठप्प छ ।

पूर्वाधार निर्माणपछि खोलिएको तातोपानी नाका पनि गत असार २४ गते भोटेकोसी नदीमा आएको बाढी पहिरोका कारण बन्द छ । दुवै नाका ठप्पजस्तै हुँदा नेपाली व्यवसायीले खरिद गर्न लागेका अर्बौं रुपियाँ मूल्य बराबरका समान तिब्बती भूमिमै अड्किएका छन् ।रसुवागढी नाका चीनले आफ्नो नयाँ वर्ष मनाउन गत माघमा एक साताका लागि बन्द गरेको थियो । त्यसबेलादेखि नै नेपाल–चीन भन्सार नाका केरुड–रसुवागढीबाट आयात ठप्प रहँदै आएको हो । नयाँ वर्षसँगै चीनको वुहानमा कोभिड–१९ महामारी पैmलन थालेपछि चीनले सबै नाका बन्द गरेको थियो ।
कोरोना महामारीकै बीच चीनले अन्य देशसँग व्यापार सहजीकरणमा ध्यान दिएर व्यापार विस्तार गरिरहेको छ तर नेपालसँगको समस्यामा भने खासै चासो नदिएको सम्बद्ध अधिकारीको भनाइ छ ।

करिब १२ सय कन्टेनर अलपत्र
माघदेखि अवरुद्ध भन्सार खुलाउने विषयमा लामो प्रयासबीच चिनियाँ पक्षले दैनिक चार कन्टेनर सामान केरुङबाट मितेरी पुलसम्म ल्याइदिने र ती सामान नेपालीले त्यहाँबाट उठाउने गरी
सहमति भएको थियो तर त्यो व्यापारको देखाउने अंश मात्र हो । करिब १२ सय कन्टेनर सामान अड्किएको समयमा दैनिक चार कन्टेनरका दरले ल्याउँदा सबै समान ल्याउनै वर्षौं लाग्ने अवस्था हुन्छ । यस्तो समस्या आएपछि रसुवागढी भन्सार कार्यालयले परिमाण बढाउन केरुङ भन्सारलाई अनुरोध गरिरहेको थियो तर यसै बीचमा सामान ढुवानीमा संलग्न एक नेपालीमा व्यक्तिमा कारोना सङ्क्रमण पुष्टि भएपछि ल्हासा सरकारले नाका पुनः पूर्ण बन्द गरेपछि समस्या चर्कंदै गएको हो ।

रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम थापाका अनुसार नेपालका ती श्रमिक अहिले कोरोना सङ्क्रमणमुक्त भइसकेका छन् भने उनीसँगै काम गर्ने व्यक्तिहरुमा पनि सङ्क्रमण फैलन पाएको छैन तर पनि नाका सुचारु हुने लक्षण छैन । उनका अनुसार नाका सुचारु गर्न विभिन्न तहमा प्रयास भने भइरहेका छन् । विभिन्न स्तरका भर्चुअल भेटघाटमा चिनियाँ सम्बन्धित अधिकारीले छिट्टै अवरोध हट्ने बताउने गरेको उहाँको भनाइ छ तर पनि नाका खुलेका छैनन् । भन्सार कार्यालयको अनुमानमा करिब १२ सय कन्टेनर सामान चीनतर्पm अड्किएको छ । त्यस्ता सामानमा व्यवसायीले गएको तिजका लागि अर्डर गरेका सामानदेखि आगामी दशैँ, तिहार लक्षित समान पनि छन् ।

खोपका सामग्री पनि रोकिए
रसुवागढी भन्सार कार्यालयमा रहेका भन्सार एजेन्टका अनुसार स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराउनका ल्याइएका सामान पनि त्यहाँ रोकिएका छन् । सरकारले सञ्चालन गर्ने विभिन्न सामयिक खोप कार्यक्रमका लागि अत्यावश्यक सिरिन्जसमेत नेपाल भित्रन पाएको छैन । यसबाहेक कतिपय आपूर्तिकर्ताले अन्य उपचार सामग्रीसमेत नेपाल ल्याउन पाएका छैनन् । नेपालीका करिब ३५० कन्टेर सात महिनादेखि उतै रोकिएको व्यवसायीको भनाइ छ । समस्या समाधानका लागि रसुवागढी भन्सार कार्यालयले सरोकारवाला मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई पनि आवश्यक पहलका लागि औपचारिक पत्राचार गरेको प्रमुख भन्सार अधिकृत थापाले बताए ।

विभिन्न तहमा प्रयास जारी
यसबारे वाणिज्य सचिव वैकुण्ठ अर्यालले समस्या समाधानका लागि विभिन्न तहमा प्रयास भएको र ल्हासास्थित नेपाली वाणिज्य दूतावासलाई सक्रिय बनाएको बताए। दुई देशबीचको मामला भएकाले नेपालस्थित चिनियाँ दूतावाससँग आवश्यक छलफल गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको बताए । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले नाका खुलाउने विषयमा कूटनीतिक पहल भइरहेको जनाउँदै चाँडै समस्या समाधान हुने अपेक्षा गरे। वाणिज्य सचिव अर्यालले यस्ता प्रयासको सार्थकता आयात निर्यात सहज भएपछि मात्र देखिने भन्दै आफूहरूले त्यो दिन निकै छिटो आओस् भन्ने चाहेर काम गरिरहेको बताए ।

उता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सामग्रीसमेत रोकिएको जानकारी पाएपछि काठमाडौँस्थित चिनियाँ राजदूतावासलाई नाका सुचारु गर्न
पहल गर्न औपचारिक आग्रहसमेत गरिसकेको छ । बुधबार यस विषयमा ल्हासास्थित नेपाली वाणिज्य दूतावासमा ल्हासाका सरकारी अधिकारीले सम्पर्क गरेको आफूले जानकारी पाएको प्रमुख भन्सार अधिकृत खड्काले बताए। समस्या समाधानका लागि पहल गर्दा केरुङका भन्सार अधिकारीले यस विषयमा ल्हासा सरकारले नै निर्णय गर्नुपर्ने बताएको खड्काले जानकारी दिए।
उता ल्हासाका अधिकारीसँग भिडियो कन्फ्रेन्सका लागि आफूले औपचारिक आग्रह गरेको तर त्यसले अझै सफलता पाउन नसकेको उनले जानकारी दिए ।

तातोपानी पनि ठप्प
नाका सुचारु भएपछि कोभिड–१९ को महामारी सुरु हुनुअघि तातोपानी नाकाबाट मात्र हजारौँ व्यापारी व्यापार गर्दथे । तातोपानीस्थित भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार गत असार २४ गते राति भोटेकोसी नदीमा भीषण बाढी र पहिरो आएपछि उक्त नाकाबाट कुनै पनि सामान आयात भएको छैन । प्रमुख खत्रीले लिपिङदेखि बाह्रबिसेसम्मको २९ किलोमिटर कोदारी राजमार्ग बाढी र पहिरोले क्षति गरेपछि चिनियाँ पक्षले सामान नपठाएको जानकारी दिए । चिनियाँ क्षेत्रअन्तर्गत न्यालम काउन्ट्रीस्थित ‘च्छो’ ताल फुट्ने सम्भावाना रहेको भन्दै चिनियाँ पक्षले सो नाकाबाट कारोबार गरेको छैन ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष वेदबहादुर श्रेष्ठले कोरोना र बाढीपहिरोका कारण नाका बन्द भएपछि आफूहरू मारमा परेको बताए । उनका अनुसार नाका बन्द भएपछि घरपरिवार चलाउन र व्यापारीहरू बैङ्कको ब्याज, सावाँ, घरभाडा तिर्न नै समस्यामा परेका छन् । अध्यक्ष श्रेष्ठका अनुसार नेपाली व्यापारीको सामानसहितका एक हजारभन्दा बढी कन्टेनर चिनियाँ भूभागमा थन्किएका छन् । व्यापारिक कारोबार नभएपछि नाकासँग आबद्ध पाँच हजारभन्दा बढी मजदुरको रोजीरोटी गुमेको छ । गोरखापत्र दैनिक