२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना

चर्चित चलचित्र ‘पूर्णबहादुरको सारंगी’को सक्सेस पार्टीमा किन छुटे गीतकार नवराज पन्त ?

चर्चित चलचित्र ‘पूर्णबहादुरको सारंगी’को सक्सेस पार्टीमा किन छुटे गीतकार नवराज पन्त ?
अ अ+ अ-

काठमाडौं । अहिलेसम्म सबैभन्दा धेरै व्यापार पर्ने र चर्चित चलचित्र ‘पूर्णबहादुरको सारंगी’को सक्सेस पार्टीमा गीतकार नवराज पन्तलाई आमन्त्रण नै नगरिएको खुलेको छ ।

काठमाडौंमा भएको सक्सेस पार्टीमा विजय बरालले गीतकार पन्तलाई निमन्त्रण नगरेका हुन् । बरालले किन नबोलाएनन् भन्ने चाहिँ खुलेको छैन । पन्तले गाएको गीत ‘रैया चाँदीको …’ले अहिले पनि बजारमा चर्चा पाइरहेको छ । यो गीत चलचित्रमा हिट भएको थियो । गीतकै कारण पनि चलचित्र चर्चित र हिट बनेको थियो ।

आफूलाई सक्सेस पार्टीमा नबोलाइएकोमा गीतकार पन्तले दुखेको गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्–

पूर्णबहादुरको सारंगीको सक्सेस पार्टी भएछ । ढिलै भय पनि गरेकोमा हार्दिक बधाइ छ । तर सोही फिल्ममा समावेश गीत रैया चाँदीको गीतको म सर्जकलाइ एक सूचना या निमन्त्रणा सन्देस केही पनि आएन । हो विदेश छु, देशका पार्टीहरु टाढा छन् मबाट । तर सम्झेको भए बाडुलीसम्म लाउँथ्यो कि ? थाहा छ यो सुन्दा मेरा परम मित्रहरु खुशि होइबक्सन्छ बल्ल खायो भनि बक्सन्छ । यिनलाई मैले १० लाख पाए भन्दिन सक्थें । तर म त्यो गर्दिन । रेस्टुरामा भात, मासु र प्याकमा फिल्ममा गीत दिने बानीले आज गीतकार को यो हालत भएको हो ।सबै उस्तै छैनन् राजेन्द्र थापा जस्तो इज्जतको बान्नु लायर बसेका गीतकार नि छन् । छक्का पन्जा जस्ता मेकर नि छन् गीतकार बुझ्ने । मलाई आफैंलाइ लाज लाग्यो । रागा स्टुडियोमा आशिस दाइले र मैले गरम भनेर राखेको गीत उनीहरुलाई दिनुमा । तर मैले हरेक गीत जो आजसम्म लेखेको छु, थिए ती गीत दिँदा मेरो गीत लेखेको पैसा यति ले भनेको छैन । जसको अर्थ कानुनत रोयल्टी लिने भन्ने हुन्छ र मेरो त्यही हो । यस्ता प्रवृत्तिबाट अब म टाढा रहने छु । पाठ सिकियो है । ३३ समग्र नेपाली फिल्ममा गीत लेख्ने गीतकारको औकात यही देखियो । कसैले हैन भन्छ भने गीत फिल्ममा दिएर गीतकारको रुपमा पारिश्रमिक यति लिएँ भनेर सप्रमाण हाल्नोस्, हैन भने फिल्ममा दिए गीत चल्छ, त्यही गीत भजायर अन्त पाइन्छ भनेर मात्र दिने रैछन् । लेखक, कबि, गीतकार, गजलकारले नै तिम्रा फिल्मका कथा लेखेका हुन् । यूएस डलरले पूर्णबहादुरको सारंगी लेखेको हैन । याद राख ।

नवराज पन्तले लेखेको यो स्टाटसले नेपाली चलचित्रका गीतकारहरुको आवाज बोलेको टिप्पणी सामाजिक सञ्जालमा भइरहेको छ ।