६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कन्ट्याक्ट ट्रेसिङमा परेका कांग्रेस सभापति देउवा र उनको सबै परिवारको कोरोना रिपोर्ट नेगेटिभ



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र उनको परिवारका सबै सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। घरमा काम गर्ने एक जना सहयोगीमा कोरोना पोजिटिभ देखिएपछि देउवाको परिवार कन्ट्याक्ट ट्रेसिङमा परेको थियो।

बिहीबार स्वाब संकलन गरी पीसिआर परीक्षण गर्दा आज बिहान सभापति देउवा, देउवा पत्नी कांग्रेस नेतृ डा. आर्जु, छोरासहित परिवारका सबै सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको उनको निजी सचिवालयले जनाएको छ।दुई जना सहयोगीलाई ज्वरो देखिएपछि केही दिन अगाडि पीसीआर परीक्षण गर्दा एक जनामा पोजिटिभ देखिएपछि परिवारका सबै सदस्य स्वास्थ्य मापदण्ड अपनाएर होम आइसोलेसनमा बसेका थिए।तीन हप्ता अगाडि उनको निवासमा कार्यरत कर्मचारी र देउवा परिवार सबैको पीसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो।

सभापति देउवा होम आइसोलेसनमा बसेसँगै बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल स्थगित भएको थियो। बुधबार सत्तारुढ दल नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा बिहीबारका लागि प्रमुख प्रतिपक्षी विपक्षी दलका नेता देउवासँगको भेट तय गरेको थियो। यस अघिका छलफलमा भागबण्डा नमिल्दा संवैधानिक परिषदको बैठक बस्न सकेको छैन्। कान्तिपुर दैनिक