२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको प्रवर्द्धकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम News Polar फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ News Polar सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया News Polar विपद्पछि पुनःस्थापना र पुनर्निर्माणबारे संसदीय विशेष समितिले थाल्यो स्थलगत अध्ययन News Polar बेतिथिमा संलग्न अस्पताल र चिकित्सकप्रती निर्मम बन्दै सरकार News Polar सञ्चारमन्त्री तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट News Polar लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर News Polar शिक्षा ऐनमा निजी विद्यालयका विषय समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव News Polar भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा News Polar आज दिनभर झरी, शनिबारदेखि सुधार हुने News Polar अस्थायी आवास बनाउन चाहने सङ्घसंस्थबाट प्रस्ताव आह्वान News Polar दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी News Polar दसैँमा एटीएमबाटै रु १०० का नयाँ नोट पाइने News Polar नवलपुरमा गर्भपतन सेवा लिनेका सङ्ख्या घट्दै News Polar लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर गुल्मीमा एकजनाको मृत्यु News Polar सरकारले जलन उपचारका लागि राष्ट्रिय मापदण्ड तयार गर्‍यो News Polar तीस अर्बको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक

धानमा फड्के किराको प्रकोप

धानमा फड्के किराको प्रकोप
अ अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरको तीन वटा स्थानीय तहमा धानबालीमा फड्के किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । यहाँको महाकाली, भीमदत्त र बेदकोट नगरपालिकाका केही वडामा किसानले लगाएका धानबालीमा फड्के किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले बताए । “हामी स्थलगत अनुगमनमा निस्केका छौँ, अन्त भन्दा महाकाली नगरपालिकामा प्रकोप बढी देखिएको छ ।” उनले त्यहाँ अनुगमनका क्रममा डेढ बिघामा लगाएको धानबाली प्रकोपका कारण क्षति पुगेको बताए। “सो नगरपालिकामा १० हेक्टर धानबाली प्रभावित छ”, भट्टले भने, “अहिले किसानलाई प्रकोप नियन्त्रणका लागि विषादी दिने र प्रयोग गर्ने विधिबारे सिकाउने काम भइरहेको छ ।” त्यसैगरी भीमदत्त नगरपालिका–२, १८ र १९ का साथै बेदकोटका केही वडामा यसको प्रकोप देखिएको ज्ञान केन्द्रले जनाएको छ ।

“पाक्न लागेको, पसाउन लागेकोलगायत सबै प्रकारका धानमा प्रकोप देखिएको छ”, उनले भने, “हामीले सबै पालिकाका कृषि शाखाका कर्मचारीलाई प्रकोपबारे अनुगमन गर्न भनेका छौ ।” किसानले भने पाक्न लागेको धानबालीमा प्रकोप देखिएपछि चिन्तित बनेका छन् । यहाँको महाकाली नगरपालिकाका विष्णुदत्त भट्टले आफूले लगाएको धानबावलीमा पूर्ण रुपमा प्रकोप देखिएको बताए ।

“तीन बिघा खेतमा लगाएको धानबालीमा प्रकोप देखिएपछि परिवार पाल्ने चिन्ता बढेर आयो”, उनले भने, “यस्तो प्रकोप यहाँ पहिलो पटक देखिएको हो ।” गत सातादेखि धानमा प्रकोप देखिएपछि किसानले नियन्त्रणका लागि विभिन्न प्रयास गरेपनि सार्थक नभएको बताएका छन् । स्थानीय रुद्रलाल सुनारले धानबालीमा फड्के किराको प्रकोप देखिएको बताए । “प्रकोपले खानै नहुने स्थिति बनेपछि सरकारले पनि हामीलाई क्षतिपूर्ति वा राहत दिनुपर्छ”, सुनारले भने, “यस्तो महामारीका बेला झन् अर्को समस्या थपियो ।”ख