१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सामाजिक सद्भाव कायम राख्न रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल ब्रड पिक हिमपहिरोमा भेटिएका चार शवमध्ये दुईको पहिचान स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ धनुषामा आज सर्वदलीय सर्वपक्षीय बैठक बस्दै मिथ्या सूचनाको पछि नलाग्न र जिम्मेवार बन्न काँग्रेस सभापति थापाको आग्रह सामाजिक सद्भाव कायम गर्न उद्योग वाणिज्य महासंघको आह्वान, शान्तिका लागि सक्रिय हुन आग्रह समयसीमाभित्र तार व्यवस्थापन गर्न नसकेपछि आइस्पानद्वारा थप १५ दिनको समय माग, सञ्चार मन्त्रालयले भन्यो– ‘यो… राष्ट्रपति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली धार्मिक अगुवासँग रवि लामिछानेको छलफल, सामाजिक सद्भाव कायम गर्न अपिल भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदहरुसँँग समन्वय गरेर अघि बढ्न मन्त्रीहरुलाई सभापति देउवाको निर्देशन



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीहरुलाई सांसदहरुसँँग समन्वय गरेर अघि बढ्न निर्देशन दिनुभएको छ ।

सोमवार नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले मन्त्रीहरुलाई आवश्यक समन्वय गरेर अघि बढ्न निर्देशन दिएको सांसद रामहरी खतिवडाले बताउनु भयो ।

उहाँकाअनुसार बैठकमा सांसदहरुले अध्यादेश ल्याउँदा जानकारी समेत नदिइएको भन्दै मन्त्रीको कार्यक्षमतामाथि समेत प्रश्न उठाउनुभएको छ । उहाँले मन्त्रीहरुले यसको बारेमा जवाफ दिनुपर्ने भएकाले माघ १८ गते फेरि संसदीय दलको बैठक बोलाउने निर्णय भएको बताउनु भयो । उहाँले बैठकमा सांसदहरुले दुई ठूला दल मिलेर बनेको सरकारले अपेक्षाकृत काम गर्न नसके जनतामा निराशा छाउने भएकाले गम्भिर भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै खतिवडाले भन्नुभयो, ‘सदस्यहरुले मन्त्रीहरुको कामको प्रभावकारिताको विषयमा केही कुराहरु राख्नु भएको छ । मुस्कानसहितको सेवा भन्ने एउटा भनाइ छ । मन्त्रीमात्र मुस्कुराउने तर सेवाग्राही रुँदै हिँड्ने अवस्था नआओस् भन्ने धेरै माननीयहरुको भनाइ छ । केही नयाँ कुराहरु पनि आएका छन् । सरकारले ल्याएको अध्यादेशको सवालमा केही साथिहरुले सहमति छैन भन्ने कुराहरु गर्नुभएको छ । अध्यादेश आउनुभन्दा अगाडि सांसदहरुसँग छलफल गरिएन ।

यो कुरा ठिक भएन भनेर केही माननीय सदस्यहरुले कुराहरु राख्नुभयो । मन्त्रीहरुले जवाफ दिनुपर्नेछ । त्यसैले मन्त्रीहरुले जवाफ दिनका लागि फेरि माघ १८ गते बिहान ८ बजे बस्नेगरी आजको बैठक स्थगित भएको छ । विशेषगरी मन्त्रीहरुको कार्यदक्षता र क्षमताहरु र जनताको सवालमा काम गर्नुस्, यदि मन्त्री पनि हुने काम पनि नगर्ने पद्धतिको विकास भयो भने पार्टी निराशामा जाने कुरा आएको छ ।

दुई ठूला पार्टी मिलेर बनेको सरकारले पनि जनताको आशाअनुसार काम गर्न सकेन भने जनतामा निराशा पैदा हुन्छ । निराशा पैदा हुने कामको अन्त्य हुनुपर्छ । त्यसमा आफ्नो बलबुँताले भ्याएसम्म गर्नुस् भन्ने कुरा भयो । सभापतिले मन्त्रीहरुलाई काम गर्ने बेलामा सांसदहरुसँग समन्वय गरेर अगाडि बढ्न निर्देशन दिनुभयो । यदी गल्ति भएको छ भने खुलेर राख्न सभापतिले भन्नुभएको छ ।’

काँग्रेसका केही नेताहरुले सार्वजनिक रुपमै सरकारले अध्यादेशमार्फत देश चलाउन खोजेको भन्दै असन्तुष्टि जनाउँदै आउनुभएको छ ।