बारा। खानेपानीमन्त्री प्रदीप यादवले नेतृत्व विकास र युवा क्षमताको संवद्र्धन गर्न जेसीसको ठूलो महत्व रहेको बताएका छन्।
आज बारा जिल्लाको कलैया सिटी जेसीसको १६ औँ पदस्थापना तथा पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री यादवले सो कुरा बताएका छन् । उनले भने “जेसीस नेतृत्व विकास र युवा क्षमताको संवद्र्धन गर्ने विश्वव्यापी संस्था हो । समाजमा जेसीसको महत्त्वलाई विशेष रूपमा उजागर गरिएको छ ।”
सो कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मन्त्री यादवले सक्षम, दृढवान, र क्षमतावान व्यक्तित्वको निर्माण गर्दै समाजमा नेतृत्व क्षमताको विकास गर्ने यस संस्थाले खेल्ने भूमिकालाई पनि उच्च प्रशंसा गरिदै आएको समेत बताए ।
उनले भने “जेसीस संस्थालाई अझ सक्षम बनाउने र उपयुक्त अवसरहरू उपलब्ध गराउन आवश्यकता छ, समाजमा जेसीसको ठूलो योदना र महत्व रहेको छ ।”