१५ श्रावण २०८३, शुक्रबार
,
Latest
हिन्दू–मुस्लिम धार्मिक नेतृत्वको साझा सन्देश : हिंसा होइन, सद्भाव रोजौं मधेसको अशान्ति न्युनिकरणका लागि प्रधानमन्त्रीसँग सीके राउतको प्रश्तावः ‘ र्‍याट्स’ टिम र अन्तरधार्मिक काउन्सिल गठनको… ‘मधेसलाई रणभूमि बनाउने प्रयास गरियो’–अध्यक्ष अन्सारी साम्प्रदायिक दंगा नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न सरकारसँग महतोको माग गृहमन्त्री गुरुङको निर्देशनपछि मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्री वालेन्द्र शाहले मधेशका विभिन्न दलका नेतासँग छलफल गर्दै देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय धनुषाको जनकपुरधामसहितका क्षेत्रमा जारी निषेधाज्ञा दोस्रो दिन पनि यथावत मन्त्री चौधरीद्वारा व्यावसायिक प्राङ्गारिक मल उत्पादकहरूको विवरण संकलन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले विधेयक फिर्ता नलिई अध्यादेश ल्याएकोमा सभामुखसामु विपक्षी दलको आपत्ति



अ+ अ-

काठमाडौँ। संघीय संसद्मा रहेका विपक्षी दलहरूले संसद्मा पुगेका विधेयक फिर्ता नै नलिई सरकारले अध्यादेश ल्याएकोमा आपत्ति जनाएका छन् ।

आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले बोलाएको छलफलका क्रममा विपक्षी दलका प्रमुख सचेतकहरूले संसद्को अर्थ समितिमा छलफलमा रहेको विधेयक फिर्ता नै नगरी अध्यादेश ल्याएको विषयमा सरकारसँग कुरा गर्न सभामुखलाई सुझाव दिएका हुन् ।

संसद्को अर्थ समितिमा छलफलमा रहेको विधेयक फिर्ता नै नगरी अध्यादेश ल्याएको विषयमा सरकारसँग कुरा गर्न सभामुखलाई विपक्षी दलले सुझाव दिएका छन् ।

छलफलपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसद्लाई रेस्पोन्स नगरेको र संसद्को समितिमा रहेको विधेयकमा पनि अध्यादेश आएकोबारे सभामुख घिमिरेसँग छलफल भएको जानकारी दिए । विधेयक फिर्ता नलिई अध्यादेश ल्याएकोबारे सभामुखले पनि सरकारसँग कुरा गर्नुपर्ने सुझाव दिएको उनले बताए ।

त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सदनको हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जानकारी दिए ।




भर्खरै