३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

होटलको सीसीटीभी फुटेज र बिल भर्पाई झिकाउन भन्दै विनिता कठायतले दिइन् निवेदन



अ+ अ-

काठमाडौँ । रास्वपाकी सांसद विनिता कठायतले पोखरा घटनाबारे सत्यतथ्य छानबिन गर्न माग गरेकी छन् । आइतबार संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा निवेदन दिँदै कठायतले छानबिनको माग गरेकी हुन् ।

समितिमा सांसद कठायत र समिति सभापति कुसुम थापाबीच चर्काचर्की भएको थियो ।

समितिका तर्फबाट अनुगमनका क्रममा पोखरा पुगेको बेला बसेको पोखरास्थित होटल ओपन हाउसको सीसीटीभी फुटेज मगाउन भन्दै समितिमा निवेदन दिएकी छिन् । साथै, उनले २९ पुसको होटलको बिल भर्पाई पनि झिकाउन भन्दै समितिमा निवेदन दिएकी हुन् ।

सो अनुगमपछि काठमाडौंमा बसेको समितिको बैठकमा कठायतले पोखराको होटलमा मदिरा सेवन गरी आफ्नो पार्टीका सभापति तथा अन्य नेताहरूलाई अपमान गरेको बताएकी थिइन् । त्यसपछि समिति सभापति थापाले प्रमाण पेस गर्न चुनौती दिएपछि कठायतले निवेदन दिएर छानबिन गर्न माग गरेकी हुन् ।