११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

होटलको सीसीटीभी फुटेज र बिल भर्पाई झिकाउन भन्दै विनिता कठायतले दिइन् निवेदन



अ+ अ-

काठमाडौँ । रास्वपाकी सांसद विनिता कठायतले पोखरा घटनाबारे सत्यतथ्य छानबिन गर्न माग गरेकी छन् । आइतबार संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा निवेदन दिँदै कठायतले छानबिनको माग गरेकी हुन् ।

समितिमा सांसद कठायत र समिति सभापति कुसुम थापाबीच चर्काचर्की भएको थियो ।

समितिका तर्फबाट अनुगमनका क्रममा पोखरा पुगेको बेला बसेको पोखरास्थित होटल ओपन हाउसको सीसीटीभी फुटेज मगाउन भन्दै समितिमा निवेदन दिएकी छिन् । साथै, उनले २९ पुसको होटलको बिल भर्पाई पनि झिकाउन भन्दै समितिमा निवेदन दिएकी हुन् ।

सो अनुगमपछि काठमाडौंमा बसेको समितिको बैठकमा कठायतले पोखराको होटलमा मदिरा सेवन गरी आफ्नो पार्टीका सभापति तथा अन्य नेताहरूलाई अपमान गरेको बताएकी थिइन् । त्यसपछि समिति सभापति थापाले प्रमाण पेस गर्न चुनौती दिएपछि कठायतले निवेदन दिएर छानबिन गर्न माग गरेकी हुन् ।