७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने

बिलमा मिति नलेख्ने व्यापारी भन्छन् – लकडाउनले मिति नै बिर्सिएँ

बिलमा मिति नलेख्ने व्यापारी भन्छन् –  लकडाउनले मिति नै बिर्सिएँ
अ+ अ-

काठमाडौं । ‘लकडाउनले मिति नै बिर्सिएँ सर ! त्यसैले बिलमा नलेखेको ।’ काठमाडौं महानगरपालिका वडा २६ गोङ्गवु टाउन प्लानिङ्मा खाद्य व्यापार गर्ने कृष्णमान श्रेष्ठले सामान बेचेको बिलमा मिति उल्लेख नगर्नुको कारण यसरी बताए । उनले खरिद बिलमा केरमेट गरेका थिए । यसको सोझो कारण बताउँदै उनले थपे — ‘बिल अंग्रेजीमा पठाउँछन् । आफूलाई अंग्रेजी आउँदैन । त्यही भएर नेपालीमा लेख्न लगाएको ।’ 

उनको पसलमा बेच्न राखिएका चामलको बोरामा राखिएको ट््यागका अक्षर केरमेट भएकोमा उनले अनभिज्ञता जनाए । शनिवार बिहान महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमनका क्रममा व्यापारी श्रेष्ठले यस्तो बताएका हुन् । 

उनको पसल छेवैमा रहेको बिग मार्टमा प्याकेजिङ् अनुमति पत्र नपाएका सामानहरु बिक्रीमा राखिएका थिए । चिप्सलगायत एअर टाइट प्याकेजिङ् खाद्य बस्तुका केही प्याकेजहरुमा हावा फुस्किएको थियो । 
यता मरासिनी स्टोरमा म्याद गुज्रेका खाद्य तथा तेलजन्य बस्तु भेटिए । स्टोरकी सञ्चालक प्रमिला मरासिनी शर्मा भन्दैहुनुहुन्थ्यो — लक डाउनले केही मिलाउन पाएको छैन । 

आज काम गर्ने मान्छे बोलाएकी छु । उनको पसलबाट उपभोग्य म्याद नाघेका आमा व्राण्डका आधा लिटरका १७ प्याकेट तेल, कोसेली ब्राण्डको १ लिटर तेल, ३० के. जी. मैदा, २ के. जी. चिनी बरामद गरेर नष्ट गरिएको छ । 

अनुगमन टोली मरासिनी स्टोरमा भएकै बेला मिलन श्रेष्ठले सुनकोशी व्राण्डको १ कार्टुन सुकेको चाउचाउ लिएर आउनुभयो । तर बिल दिनुभएन । सोधखोज गर्दा उहाँ आलो चाउमिन बनाएर वितरण गर्ने गरेको थाहा भयो । छेवैमा उहाँले करीब ४० प्याकेज आलो चाउमिन मोटरसाइकलमा राख्नुभएको थियो । ती सामानमा उत्पादक मिति, उपभोग्य मिति, मूल्य केही पनि उल्लेख थिएन । यो देखेर अनुगमन समितिका सदस्यले सोधे — यो चाउमिन खान मिल्छ भनेर कसरी थाहा पाउनु । यो प्रश्न सुनेर श्रेष्ठले उत्तर दिनुभयो — छाम्नु त सर, तातै छ । थाहा भइहाल्छ नि । 

अनुगमन समितिले यस्तो व्यापार गर्न नहुने भनेर श्रेष्ठलाई सचेत गराएर छाड््यो । अनुगमन समितिले आज गोङ्गबु आवास क्षेत्रमा भएका खुद्रा पसलहरुको अनुगमन गरेर सुधारका लागि सचेत गराएर छाडेको छ ।