७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता

चिनियाँ समाजसेवी सि चोङ योङलाई कीर्तिमय राष्ट्रदीप चतुर्थ पदक

चिनियाँ समाजसेवी सि चोङ योङलाई कीर्तिमय राष्ट्रदीप चतुर्थ पदक
अ+ अ-

काठमाडौं । चिनियाँ बुद्धिस्ट एसोसिएसनको पहिलो अन्तर्राष्ट्रिय सदस्य तथा नेपालको समाज सेवामा कार्यरत चिनियाँ नागरिक सि चोङ योङलाई नेपाल सरकारले कृतिमय राष्ट्रदीप चतुर्थ पदकबाट विभूषित गरेको छ ।

नेपाल सरकारले आज घोषणा गरेको पदकमा उनलाई सो विभूषण प्रदान गरिएको हो । नेपालमा रहेर समाज सेवा गर्ने र नेपाललाई विश्वका अरु देशसँगको सम्बन्धमा विशेष योगदान पुर्याउने विदेशी नागरिकलाई यो पदक प्रदान गर्ने गरिन्छ ।

सिले नेपाल चीन सम्बन्धमा विशेष योगदान पुर्याएको तथा विसं २०७२ को भूकम्प तथा हाल नेपालमा जारी कोरोना महामारीको रोकथामको काम पनि विविध उल्लेखनीय सहयोग गरेकोमा नेपाल सरकारले सो पदकबाट उनलाई विभूषित गरेको हो ।  

सि लुम्बिनीमा रहेको चिनियाँ बौद्धगुम्बामा चीन सरकारका निर्देशक हुन् । गएको करिब १० वर्षदेखि प्राय नेपालमै र बढी लुम्बिनीमा बस्दै आएका उनले दुई देशबीचको खासगरी सांस्कृतिक सम्बन्धलाई कसरी बलियो बनाउन सकिन्छ भनेर काम गरिरहेका छन् । नेपालमा विसं २०७२ मा गएको भूकम्प तथा हाल जारी कोरोना महामारीमा उनको पहल र समन्वयमा चिनियाँ बुद्धिष्ट एसोसिएनका तर्फबाट ठूलो सहयोग प्राप्त हुदै आएको छ । 

चिनियाँ बुद्धिष्ट एसोसिएसनअन्तर्गतका चङहाउ र सेनचेन हङ्फा मन्दिरको च्यारिटी फाउन्डेसन तथा चिनियाँ बौद्ध गुम्बाहरुको संस्थाका तर्फबाट हाल कोरोना महामारीका समयमा पनि उनको पहलमा नेपाललाई ठूलो मात्रामा सर्जिकललगायतका मास्क र अन्य स्वास्थ्य सामग्री सहयोग गरिएको छ । 

हालै मात्र उनी काठमाडौँ आएर नेपाल सरकारले जारी राखेको कोरोना महामारी नियन्त्रणको प्रयासमा सघाउने उद्देश्यले ती संस्थाहरुका तर्फबाट १३ लाख ३७ हजार थान मास्कलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएका थिए ।  

चोङयोङले चिनियाँ बौद्धगुम्बाका स्वयंसेवीहरुबाट नेपालका १०० भन्दाबढी बौद्ध गुम्बा, विभिन्न ३० बौद्ध विद्यालय र पाँच हजार जना बौद्धभिक्षुलाई मास्क र अन्य आवश्यक स्वास्थ्य सामग्री वितरण गरेका थिए । 

नेपाललाई समस्या परेका बेला चिनियाँ बुद्धिस्ट एसोसिएसनको तर्फबाट सहयोग जुटाउँदै आएका उनैको पहलमा विसं २०७२ मा गएको भूकम्पपछि बौद्ध स्तूपलगायतको पुनर्निर्माण तथा सहयोगस्वरुप रु एक अर्ब १५ करोडभन्दा बढी आर्थिक सहयोग गरिएको थियो । त्यस्तै भूकम्पका समयमा काठमाडौँ तथा देशका विभिन्न जिल्लामा पुगेर अप्ठेरोमा परेका नेपालीलाई खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक सामग्रीहरु सहयोग गरिएको थियो ।