७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथीभरा क्षेत्रमा ‘नो केबलकार समूह’ र प्रहरीबिच झडप हुँदा २५ जना घाइते



फाईल फोटो
अ+ अ-

ताप्लेजुङ। जिल्लाको फुङलिङ नगरपालिका–११ मा रहेको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’ र प्रहरीबिच भएको झडपमा २५ जना घाइते भएका छन् ।

शनिबार बेलुका करिब ६ बजे भएको झडपमा २५ जना घाइते भएका हुन् । स्थानीय प्रशासनको अनुसार प्रहरी इन्स्पेक्टर रोहित शर्मासहित १२ जना र सशस्त्र प्रहरीका ९ जना तथा नो केबलकार समूहका ४ जना घाइते भएका छन् ।

पाथीभरा जाने केबलकार निर्माणका लागि निर्माण कम्पनीले मंगलबारबाट काम सुरु गरेपछि तनाव सुरु भएको थियो । पाथीभरा क्षेत्रको पहिचान मासिने भन्दै ‘नो केबलकार’ समुहले आइतबारबाट थप आन्दोलन गर्ने तयारी गरेको थिए ।

सोहिक्रममा, शनिबार पाथिभरा क्षेत्रको बलुडाडामा प्रहरी पुगेपछि आन्दोलनकारीले ढुंगामुडा गर्दा दुई पक्षबिच झडप भएको थियो । त्यसक्रममा प्रहरीले १२ सेल अश्रुग्याँस र केही गोली हानेको थियो ।

प्रहरीको गोली लागेर आन्दोलनरत पक्षका यमबहादुर लिम्बू र धर्मान पालुङ्वा घाईते भएका छन् । यस्तै, एकजनाको भाग दौडको क्रममा खुट्टा भाचिएको छ । उनीहरुको नोबेल अस्पतालमा उपचार भइरहेको छ ।