१५ श्रावण २०८३, शुक्रबार
,
Latest
मधेसको अशान्ति न्युनिकरणका लागि प्रधानमन्त्रीसँग सीके राउतको प्रश्तावः ‘ र्‍याट्स’ टिम र अन्तरधार्मिक काउन्सिल गठनको… ‘मधेसलाई रणभूमि बनाउने प्रयास गरियो’–अध्यक्ष अन्सारी साम्प्रदायिक दंगा नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न सरकारसँग महतोको माग गृहमन्त्री गुरुङको निर्देशनपछि मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्री वालेन्द्र शाहले मधेशका विभिन्न दलका नेतासँग छलफल गर्दै देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय धनुषाको जनकपुरधामसहितका क्षेत्रमा जारी निषेधाज्ञा दोस्रो दिन पनि यथावत मन्त्री चौधरीद्वारा व्यावसायिक प्राङ्गारिक मल उत्पादकहरूको विवरण संकलन सुरु सामाजिक सद्भाव कायम राख्न रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोइलाबास नाकामा चहलपहल घटेसँगै राजस्व पनि घट्यो



अ+ अ-

घोराही । कोइलाबास भन्सार कार्यालयमा राजस्व सङ्कलन घटेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को छ महिनामा रु ७१ लाख मात्र राजस्व सङ्कलन गरेको छ ।

नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा आवतजावत कम भएकाले राजस्व पनि कम उठेको कार्यालयले जनाएको छ । “भारत प्रवेश गर्दा कडाइ गरेका कारण यहाँबाट आवतजावत गर्नेको सङ्ख्या घट्दै गएको छ”, कार्यालयका निमित्त प्रमुख वसन्त रजौरेले भन्नुभयोे । यो बाटो भएर भारत प्रवेश गर्दा नेपाली नागरिकता, लाइसेन्सजस्ता सक्कली कागजपत्र भारतीय सुरक्षाकर्मीले राखिदिने गरेको स्थानीयको गुनासो रहेको छ ।

गतसाउनमा १२ लाख राजस्व उठाउने लक्ष्य कार्यालयले लिएको थियो । यसमा रु नौ लाख राजस्व उठेको थियो । यो लक्ष्यको ७६ प्रतिशत हो । लक्ष्यभन्दा रु दुई लाख ७६ हजार कम राजस्व सङ्कलन भएको छ । भदौमा रु १३ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । यसमा रु छ लाख राजस्व सङ्कलन भएको छ । लक्ष्यभन्दा रु सात लाख कम राजस्व सङ्कलन भएको छ । असोजमा रु १३ लाख २६ हजार सङ्कलन गर्ने लक्ष्य लिएकामा रु सात लाख सङ्कलन भएको छ । यो लक्ष्यभन्दा रु छ लाख कम हो ।

कात्तिकमा १२ लाख ८९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु नौ लाख सङ्कलन भएको छ । यो ७०।९० प्रतिशत हो । तर पनि लक्ष्यभन्दा रु तीन लाख कम राजस्व सङ्कलन भएको छ । मङ्सिरमा रु १३ लाख ६८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु नौ लाख सङ्कलन भएको छ । यो ६५।१४ प्रतिशत हो । लक्ष्यभन्दा रु चार लाख ७६ कम राजस्व सङ्कलन भएको छ ।

पुसमा रु १३ लाखको लक्ष्य लिएकामा रु ३० लाख सङ्कलन गरिएको छ । यो लक्ष्यको दुई सय २९ दशमलव ९२ प्रतिशत बढी हो । लक्ष्यभन्दा रु १७ लाख बढी राजस्व सङ्कलन भएको निमित प्रमुख रजौरे बताउनुहुन्छ । भन्सार कार्यालयले चालु आवमा रु एक करोड ६५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको निमित प्रमुख रजौरेले बताउनुभयो ।

कोइलाबास भन्सारको राजस्वको स्रोत भनेको अस्थायी पैठारी हो । भारतीय सवारीसाधनबाट उठाउने राजस्व नै प्रमुख स्रोतका रूपमा लिइएको उहाँले बताउनुभयो । भारतबाट नेपाल आउने गाडीलाई दैनिक रु छ सय र मोटरसाइकलबाट प्रतिदिन रु दुई सय लिने गरेको उहाँले बताउनुभयो ।

भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनबाट र केही खाद्यान्नलगायत अन्य सामग्रीबाट उठ्ने गरेको भन्सार कार्यालयले जनाएको छ । भारतबाट कोइलबास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायत ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारीसाधनबाट बढी मात्रामा राजस्व सङ्कलन हुने गरेको कार्यालयले जनाएको छ । रासस