२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा खेल्ने भूमिकाको रणनीति तयार पार्न कांग्रेस संसदीय दलको बैठक बस्दै



अ+ अ-

काठमाडौं । संसद्मा निर्वाह गर्ने भूमिकाका विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।

संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेदेखि सुरु हुँदै छ । अधिवेशनमा खेल्नुपर्ने भूमिकाबारे आवश्यक रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

बैठकमा सरकारले ल्याएका अध्यादेश, संसद्मा दर्ता भएका विधेयकलगायत विषयमा सांसदहरूको एकै धारणा बनाउने र संसदमा एकढिक्का भएर प्रस्तुत हुने बारेमा छलफल हुनेछ ।

यसअघि हिजो पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी, पूर्वपदाधिकारी, सांसद तथा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफलमा संसदमा दर्ता भएका विधेयक र अध्यादेशको पक्षमा एकढिक्का हुन निर्देशन दिएका थिए ।