२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको प्रवर्द्धकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम News Polar फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ News Polar सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया News Polar विपद्पछि पुनःस्थापना र पुनर्निर्माणबारे संसदीय विशेष समितिले थाल्यो स्थलगत अध्ययन News Polar बेतिथिमा संलग्न अस्पताल र चिकित्सकप्रती निर्मम बन्दै सरकार News Polar सञ्चारमन्त्री तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट News Polar लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

अन्ततः सरकार उपत्यकामा लकडाउन नगर्ने मनस्थितिमा, विकल्पका रुपमा यस्तो कदम चाल्दै

अन्ततः सरकार उपत्यकामा लकडाउन नगर्ने मनस्थितिमा, विकल्पका रुपमा यस्तो कदम चाल्दै
अ अ+ अ-

काठमाडौं । कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै लामो समयसम्म लकडाउन र निषेधाज्ञा गरेपछि आलोचित बनेको सरकार अब उपत्यकामा लकडाउन नगर्ने मनस्थितिमा पुगेको छ । लकडाउनको विकल्पका रुपमा उपत्यकाको भीडभाड हुने स्थानमा पहिलो चरणमा एक सय युवा स्वयंसेवक परिचालन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय, राष्ट्रिय युवा परिषद् र उपत्यकाका सबै स्थानीय तहका प्रतिनिधिबीच हालै सम्पन्न बैठकले बढी भीडभाड हुने समयमा दशैं लक्षित युवा परिचालन गर्ने निर्णय गरेको हो । परिषद्ले युवा स्वयंसेवक छनोट गर्ने, स्वास्थ्य मन्त्रालयले परिचालन गर्नुअघि तालिम दिने जिम्मेवारी तोकेको छ । छनोटमा परेका युवा स्वयंसेवकलाई काठमाडौं र ललितपुरसहित उपत्यकाका १८ स्थानीय तहको छनोट गरेका भीडभाड हुने स्थानमा परिचालन गर्ने भएको छ ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि युवा परिचालन गर्न लागेको जानकारी दिनुभयो । परिषद्ले छनोट गरेका युवालाई स्वास्थ्य मन्त्रालयले तालिम दिने बताउँदै उनले भने– ‘तीन दिनभित्र स्वयंसेवक छनोट गर्नेछांै, ७ गतेबाट तालिम दिएर ९ गतेबाट खटाउने छौं ।’ युवा परिचालन गर्नुअघिको स्वास्थ्य मापदण्डबारे मन्त्रालयले, युवा परिचालन कार्यविधि परिषद्ले र परिचालन गर्ने स्थानको बारेमा स्थानीय तहले कार्ययोजना बनाउने ढुंगेलको भनाइ थियो । बैठकमा स्वास्थ्य मन्त्रालयका विज्ञ डा. खेम कार्की, मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतम, कार्यकारी उपाध्यक्ष ढुंगेल, उपत्यकाका स्थानीय तहका कोभिड सम्पर्क अधिकृत र परिषद्ले बोलाएका स्वास्थ्यविज्ञको सहभागिता रहेको थियो ।

मन्त्रालयले पहलो चरणमा नमुनाका रुपमा सय र त्यसपछि थप संख्यामा युवा परिचालन गर्ने तयारी गरेको छ । ढुंगेलले सरकारको आग्रहअनुसार कोरोना संक्रमणलाई नियन्त्रण गर्न र लकडाउनको विकल्पका रुपमा स्वयंसेवक परिचालनलाई उच्च प्राथमिकताका रुपमा लिएकोले परिषद्ले युवा स्वयंसेवक तयारी गरेको बताए । यो मोडल सफल भएमा सबै स्थानीय तहका युवालाई तालिम दिएर स्वयंसेवकको रुपमा परिचालन गर्ने योजना रहेको छ । पहिलो चरणमा यही असोज ९ गतेदेखि कातिक ७ अर्थात् फूलपातीको दिनसम्म स्वयंसेवक परिचालन हुनेछन् । ती स्वयंसेवकले राजधानीको भीडभाड हुने क्षेत्रमा काम गर्नेछन् ।

काठमाडौं महानगरपालिका जनस्वास्थ्य विभाग प्रमुख हरि कुँवरले युवा स्वयंसेवक परिचालन गर्ने विषयमा मन्त्रालय र सबै स्थानीय निकाय एकजुट भएको जानकारी दिए । राजधानीका नयाँ बसपार्क, असन, इन्द्रचोक, बल्खु, कोटेश्वर, कालिमाटी तथा फलफूल बजार, रत्नपार्क, न्युरोड, ललितपुरको लगनखेल, विभिन्न सपिङ मल, खसीबजार, खाद्य संस्थान, भक्तपुर, मध्यपुर, थानकोट, कलंकीलगायत भीडभाड हुने सबै क्षेत्रमा परिचालन गर्ने तयारी भइरहेको छ । पहिलो चरणमा परिचालित युवालाई राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले सहुलियत दरमा पन्जा, सेनिटाइजर, मास्क उपलब्ध गराउने भएको छ । विभिन्न दातासँग कुराकानी गरी ती युवालाई खाजा खर्चबापत १० हजार रुपियाँ दिने व्यवस्था गरेको ढुंगेलले बताए ।

तालिम प्राप्त युवा स्वयंसेवकले एक महिनासम्म एकै स्थानमा काम गर्नुपर्नेछ । बिहानदेखि बेलुकासम्म भीडभाड नियन्त्रण गर्न खटिने युवा स्वयंसेवकले मास्क र सेनिटाइजरको सही प्रयोग गर्न, भौतिक दूरी कायम गर्न सघाउनेछन् । उनीहरुले भीड नियन्त्रण गर्न सम्बन्धित निकायलाई समेत अनुरोध गर्नेछन् । उपत्यकाबाहिर ठूला शहरमा पनि यो व्यवस्था लागू गर्ने तयारी गरिरहेको ढुंगेलले जानकारी दिनुभयो । मन्त्रालयले यो व्यवस्था लामो समयसम्म लागू गर्न परिषद्लाई आग्रह गरिसकेको छ । फेरि लकडाउन गरे जनता सडकमा उत्रेर सरकारविरुद्ध प्रतिवाद गर्न सक्ने आकलन गर्दै सरकारले अब लकडाउन नगरी युवा परिचालन गर्दै अघि बढ्ने मोडल शुरुआत गर्न लागेको हो । नेपाल समाचारपत्र दैनिक