१५ श्रावण २०८३, शुक्रबार
,
Latest
मधेसको अशान्ति न्युनिकरणका लागि प्रधानमन्त्रीसँग सीके राउतको प्रश्तावः ‘ र्‍याट्स’ टिम र अन्तरधार्मिक काउन्सिल गठनको… ‘मधेसलाई रणभूमि बनाउने प्रयास गरियो’–अध्यक्ष अन्सारी साम्प्रदायिक दंगा नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न सरकारसँग महतोको माग गृहमन्त्री गुरुङको निर्देशनपछि मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्री वालेन्द्र शाहले मधेशका विभिन्न दलका नेतासँग छलफल गर्दै देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय धनुषाको जनकपुरधामसहितका क्षेत्रमा जारी निषेधाज्ञा दोस्रो दिन पनि यथावत मन्त्री चौधरीद्वारा व्यावसायिक प्राङ्गारिक मल उत्पादकहरूको विवरण संकलन सुरु सामाजिक सद्भाव कायम राख्न रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपालप्रति युवराज ज्ञवालीको कटाक्षः अन्तरविरोध हुँदैमा पार्टी फुटाउने संकीर्ण सोचबाट मुक्त होऔँ



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीभित्र अन्तरविरोध हुँदैमा नयाँ पार्टी गठन गर्नेकुरा राम्रो नभएको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा एकदेव आलेको ५६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै पार्टीमा अन्तरबिरोध हुँदैमा पार्टी फुटाउनैपर्ने संकीर्ण सोचबाट मुक्त हुनुपर्ने बताउनु भयो ।

उहाँले सबै कम्युनिष्ट पार्टीहरुले समाजवादलाई एजेण्डा बनाएर अघि बढेको भएपनि एक ठाउँमा उभिन नसकेको बताउनु भयो । उहाँले मतभेद हुँदैमा पार्टी फुटाउने कुराको गहन विश्लेषण जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबै कम्युनिष्ट पार्टीहरुले आफ्नो लक्ष्य समाजवाद भन्नुभएको छ । सबैका डकुमेण्ट राखेर पढ्ने हो भने समानता धेरै पाइन्छ । तर जतिसुकै समानता भएपनि एक ठाउँ किन बस्न सक्दैनौँ । नेपालमा कम्युनिष्टहरु आपसमा मिल्न नसक्ने के रहेछ ? बुर्जुवाहरु त मिलिरहेका हुन्छन् । तुलनात्मक रुपले बुर्जुवा भन्दा कम्युनिष्ट पार्टी धेरै फुट्नुको कारण के हो ? यसको त कारण छ । हामीमा जडसूत्रवाद छ की, मनोवाद हाबी छ की ? संकीर्णता हाबी छ की ? अलिअलि मतभेद त जहाँ पनि हुन्छ । मतभेद नभएको दुनियाँमा कहाँ हुन्छ ? परिवारमा पनि अन्तरबिरोध हुन्छ । अनि हामी अलिकति अन्तरबिरोध हुँदैमा छुट्टिनैपर्ने, अर्को पार्टी बनाउनैपर्ने यो किन भएको छ ? यसको अलि राम्रो अध्ययन, विश्लेषण गर्नुपर्छ ।’

उपाध्यक्ष ज्ञवालीले अन्तरबिरोध हुने बित्तिकै पार्टी फुट्नैपर्ने, फुटाउनैपर्ने र सँगै बस्नै नसक्ने संकीर्णता तोडेर मिल्ने जति मिल्नुपर्ने बताउनु भयो ।