२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी र एकीकृत समाजवादीलाई वामदेवको प्रश्नः काँग्रेससँग मिलेर निर्वाचन लड्ने अनि अहिले दलाल सरकार भन्ने ?



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले समाजवाद निर्माणमा तत्काल लाग्न आह्वान गर्नुभएको छ ।

शनिवार काठमाडौंमा एकदेव आलेको ५६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले पुष्पलाललाई स्मरण गर्ने हो भने तत्काल समाजवाद निर्माणमा लागनुपर्ने उल्लेख गर्नुभयो । उहाँले समाजवाद निर्माणमा नलाग्ने हो भने जब्रो पड्काएर मात्रै केही नहुने बताउनु भयो ।

उहाँले नेकपा (एकीकृत समाजवादी)र नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै सरकार दलाल हो भनेर आलोचना गर्नु दुःखद् भएको बताउनु भयो । उहाँले काँग्रेससँग मिलेर निर्वाचन लड्ने, सरकार बनाउने र फेरि पनि मिल्न पाए मिल्ने कोशिस गरिरहेको भन्दै अहिले सरकार दलाल हो भनेर आलोचना गर्नु उचित नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पुष्पलाललाई सम्झिने हो भने तत्काल समाजवाद निर्माणमा लागौँ, एकदेव आलेलाई सम्झिने हो भने तुरुन्तै समाजवाद निर्माणमा लागौँ । यदी तुरुन्तै कोही लाग्दैन भने ओठ पड्कार्ने, जिब्रो फड्कार्ने, दिनभर यहाँ बसेर कुरा गर्ने, घर गएर अरुको कमाइ खाने । तपाईं तयार हुनुहुन्छ की हुनुहुन्न समाजवाद निर्माणका लागि । आलोचना त गर्नुभयो यो सरकार दलाल सरकार हो भनेर । तपाईं सरकारमा भएको भए के हुन्थ्यो ? तपाईंको पार्टी सरकारमा गएन । चुनावमा पनि त्यही काँग्रेससित मिलेर, सरकारमा पनि त्यही काँग्रेससित मिलेर । अनि काँग्रेस के हो ? कम्युनिष्ट के हो रु भनेर बखान गर्नुहुन्छ, भत्भताउनु हुन्छ । त्यहाँ मिलेर आउनुहुन्छ । पाए अहिले पनि मिल्ने कोशिस छ ।’

उहाँले कम्युनिष्ट हो भने अब समाजवाद निर्माण गर्न लाग्नुपर्ने बताउनु भयो ।