११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

ओली र देउवाबीच सहमति हुँदासम्म यो सरकारलाई कसैले हल्लाउन सक्दैन: मन्त्री गुरुङ

ओली र  देउवाबीच सहमति हुँदासम्म यो सरकारलाई कसैले हल्लाउन सक्दैन: मन्त्री गुरुङ
अ अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बिच सहमति हुँदासम्म यो सरकारलाई कसैले हल्लाउन नसक्ने बताउनुभएको छ ।

शनिबार लमजुङमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले एमाले र कांग्रेस मिल्दा संसदमा अत्यधिक बहुमत पुग्ने भएकाले अरूका हल्लाले कुनै अर्थ नराख्ने बताउनुभयो । ‘कुनै साना पार्टीले निहुँ खोजेर यो सरकार ढल्नेवाला छैन, यो सरका आगामी चुनावसम्म सहज ढङ्गले अघि बढ्छ, सरकार ढल्छ भन्ने हल्ला प्रतिपक्षमा बस्नेहरूले आफ्ना कार्यकर्तालाई सान्त्वना दिन गरेको हल्ला मात्र हो’, उहाँले भन्नुभयो ।

अहिलेको सरकाले बलियो सरकार भएकोले तत्काल केही नहुने उहाँले बताउनुभयो । सरकार फेरिने कुने सम्भावना नरहेको गुरुङले प्रष्ट पार्नुभयो ।

जब जब मुलुकमा सङ्कट पर्छ त्यति बेला कांग्रेस र एमाले मिलेका उहाँले स्मरण गराउनुभयो । निर्दलीय व्यवस्था फाल्न होस् वा गणतन्त्र ल्याउन होस् सबै अप्ठेरा कालखण्डमा कांग्रेस एमाले मिलेका उहाँले बताउनुभयो । माओवादीको १० वर्षे द्वन्द्वको बेलमा धेरै मानिस मारिएका र दुःख पाएका कारण उनीहरूलाई शान्ति प्रक्रियामा ल्याउन पनि कांग्रेस र एमाले एक ठाउँमा उभिएका गुरुङले स्पष्ट पार्नुभयो ।

अहिले अर्थतन्त्र तहसनहस भएकोले त्यसलाई ठिक ठाउँमा ल्याउन कांग्रेस र एमाले एक ठाउँमा उभिएका उहाँले बताउनुभयो । अस्थिर सरकारको कारण मुलुकको अर्थतन्त्र तहसनहस भएको गुरुङले बताउनुभयो । मुलुकको अस्थिरता अन्त्य गर्न दुई ठुला राजनीतिक दल एक ठाउँमा उभिनु परेको गुरुङले स्पष्ट पार्नुभयो ।

प्रचण्ड नेतृत्वको सरकारले मुलुकको अर्थतन्त्रलाई ध्वस्त बनाउने काम गरेको उहाँले बताउनुभयो । कमिसनखोरसँग सरकार मिलेर मुलुकलाई अस्तव्यस्त बनाउने काम गरिएको उहाँको भनाइ छ ।

पुराना नीति र ऐनका कारण अहिले पनि नागरिकले सहज सेवा पाउन नसकेका उहाँले बताउनुभयो । त्यसैले त्यस्ता नीति र ऐनलाई परिवर्तन गरी सुधार ल्याउन सरकारले अध्यादेश ल्याएको उहाँले स्पष्ट पार्नुभयो ।

सहकारी ठगी प्रक्रियामा संलग्न सबैलाई कारबाही हुने पनि उहाँले स्पष्ट पार्नुभयो । यो कुनै एउटा व्यक्ति वा पार्टी विरुद्धको काम नभई नागरिकको सम्पत्ति सुरक्षाको काम भएको उहाँले बताउनुभयो । त्यसैले न्यायालय वा सरकारलाई गाली गरेर कुने पनि सहकारी ठग उम्कन नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।