४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र देउवाबीच सहमति हुँदासम्म यो सरकारलाई कसैले हल्लाउन सक्दैन: मन्त्री गुरुङ



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बिच सहमति हुँदासम्म यो सरकारलाई कसैले हल्लाउन नसक्ने बताउनुभएको छ ।

शनिबार लमजुङमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले एमाले र कांग्रेस मिल्दा संसदमा अत्यधिक बहुमत पुग्ने भएकाले अरूका हल्लाले कुनै अर्थ नराख्ने बताउनुभयो । ‘कुनै साना पार्टीले निहुँ खोजेर यो सरकार ढल्नेवाला छैन, यो सरका आगामी चुनावसम्म सहज ढङ्गले अघि बढ्छ, सरकार ढल्छ भन्ने हल्ला प्रतिपक्षमा बस्नेहरूले आफ्ना कार्यकर्तालाई सान्त्वना दिन गरेको हल्ला मात्र हो’, उहाँले भन्नुभयो ।

अहिलेको सरकाले बलियो सरकार भएकोले तत्काल केही नहुने उहाँले बताउनुभयो । सरकार फेरिने कुने सम्भावना नरहेको गुरुङले प्रष्ट पार्नुभयो ।

जब जब मुलुकमा सङ्कट पर्छ त्यति बेला कांग्रेस र एमाले मिलेका उहाँले स्मरण गराउनुभयो । निर्दलीय व्यवस्था फाल्न होस् वा गणतन्त्र ल्याउन होस् सबै अप्ठेरा कालखण्डमा कांग्रेस एमाले मिलेका उहाँले बताउनुभयो । माओवादीको १० वर्षे द्वन्द्वको बेलमा धेरै मानिस मारिएका र दुःख पाएका कारण उनीहरूलाई शान्ति प्रक्रियामा ल्याउन पनि कांग्रेस र एमाले एक ठाउँमा उभिएका गुरुङले स्पष्ट पार्नुभयो ।

अहिले अर्थतन्त्र तहसनहस भएकोले त्यसलाई ठिक ठाउँमा ल्याउन कांग्रेस र एमाले एक ठाउँमा उभिएका उहाँले बताउनुभयो । अस्थिर सरकारको कारण मुलुकको अर्थतन्त्र तहसनहस भएको गुरुङले बताउनुभयो । मुलुकको अस्थिरता अन्त्य गर्न दुई ठुला राजनीतिक दल एक ठाउँमा उभिनु परेको गुरुङले स्पष्ट पार्नुभयो ।

प्रचण्ड नेतृत्वको सरकारले मुलुकको अर्थतन्त्रलाई ध्वस्त बनाउने काम गरेको उहाँले बताउनुभयो । कमिसनखोरसँग सरकार मिलेर मुलुकलाई अस्तव्यस्त बनाउने काम गरिएको उहाँको भनाइ छ ।

पुराना नीति र ऐनका कारण अहिले पनि नागरिकले सहज सेवा पाउन नसकेका उहाँले बताउनुभयो । त्यसैले त्यस्ता नीति र ऐनलाई परिवर्तन गरी सुधार ल्याउन सरकारले अध्यादेश ल्याएको उहाँले स्पष्ट पार्नुभयो ।

सहकारी ठगी प्रक्रियामा संलग्न सबैलाई कारबाही हुने पनि उहाँले स्पष्ट पार्नुभयो । यो कुनै एउटा व्यक्ति वा पार्टी विरुद्धको काम नभई नागरिकको सम्पत्ति सुरक्षाको काम भएको उहाँले बताउनुभयो । त्यसैले न्यायालय वा सरकारलाई गाली गरेर कुने पनि सहकारी ठग उम्कन नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।