२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस शुभेच्छुक संस्थाहरुको अधिवेशन समयमा नै गर्न निर्देशन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागले शुभेच्छुक संस्थाहरुको अधिवेशन समयमा नै गर्न निर्देशन दिने निर्णय गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा समन्वय विभाग प्रमुख अब्दुल सत्तारको अध्यक्षतामा शुक्रबार बसेको बैठकले शुभेच्छुक संस्थाहरुको अधिवेशन समयमा नै गर्न निर्देशन दिने निर्णय गरेको हो ।

त्यस्तै बैठकले शुभेच्छुक संस्थाहरुको कार्यक्षेत्रको दायरा र विभागलाई पूर्णता दिन पार्टी सभापति शेर बहादुर देउवालाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा बोल्दै केन्द्रिय सदस्य सत्तारले नेपाली कांग्रेसलाई बलियो बनाउन शुभेच्छुक संस्थाहरुलाई तल्लो तहबाट नै बलियो बनाउनु पर्नेमा जोड दिए ।

त्यस्तै बैठकले पार्टीका महामन्त्रीलाई फाग्गुन मसान्तभित्र प्रशिक्षण दिन विभागका सचिव निर्मला क्षेत्री र सदस्य देवराज नेपाललाई पार्टीसंग समन्य गर्ने जिम्मा दिएको छ ।

बैठकमा कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको सचिव पदको जिम्मेवारी पाएकोमा निर्मला क्षेत्रीलाई बधाई समेत दिईएको थियो ।