१८ भाद्र २०८३, बिहीबार
,
Latest
राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस शुभेच्छुक संस्थाहरुको अधिवेशन समयमा नै गर्न निर्देशन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागले शुभेच्छुक संस्थाहरुको अधिवेशन समयमा नै गर्न निर्देशन दिने निर्णय गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा समन्वय विभाग प्रमुख अब्दुल सत्तारको अध्यक्षतामा शुक्रबार बसेको बैठकले शुभेच्छुक संस्थाहरुको अधिवेशन समयमा नै गर्न निर्देशन दिने निर्णय गरेको हो ।

त्यस्तै बैठकले शुभेच्छुक संस्थाहरुको कार्यक्षेत्रको दायरा र विभागलाई पूर्णता दिन पार्टी सभापति शेर बहादुर देउवालाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा बोल्दै केन्द्रिय सदस्य सत्तारले नेपाली कांग्रेसलाई बलियो बनाउन शुभेच्छुक संस्थाहरुलाई तल्लो तहबाट नै बलियो बनाउनु पर्नेमा जोड दिए ।

त्यस्तै बैठकले पार्टीका महामन्त्रीलाई फाग्गुन मसान्तभित्र प्रशिक्षण दिन विभागका सचिव निर्मला क्षेत्री र सदस्य देवराज नेपाललाई पार्टीसंग समन्य गर्ने जिम्मा दिएको छ ।

बैठकमा कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको सचिव पदको जिम्मेवारी पाएकोमा निर्मला क्षेत्रीलाई बधाई समेत दिईएको थियो ।




भर्खरै