२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौति छः पर्यटनमन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौति रहेको बताउनुभएको छ ।

४६ औं पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौंमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा पर्यटनको विकास र प्रवद्र्धनका लागि जैविक प्राकृतिक विविधतालाई जोगाउनुपर्ने चुनौति रहेको बताउनु भयो ।

उहाँले पर्यटन क्षेत्र एक्लै अघि बढ्न नसक्ने भन्दै सबैको समन्वय र सहकार्यमा पर्यटन क्षेत्रको प्रवद्र्धन जरुरी रहेको बताउनु भयो । नदीको प्राकृतिक वहावमा अतिक्रमण गर्न नहुने बतउनु भयो । पर्यटनमन्त्री पाण्डेले नेपालमा पर्यटनको अनुकुल वातावरण छ भन्नेकुरा सरकारले स्थापित गरेर छोड्ने बताउनु भयो । पर्यटकहरु देशको समृद्धिको वाहक भएको बताउनु भयो ।

मन्त्री पाण्डेले भन्नुभयो, ‘पर्यटन क्षेत्र भनेको एक्लै अगाडि बढ्नै नसक्ने क्षेत्र हो । एक्लैले म यो गर्छु भनेर सम्भव हुँदैन । पर्यटन भन्नासाथै पर्यटनसँग सबै क्षेत्र जोडिन्छ । गृह मन्त्रालय जोडिन्छ, परराष्ट्र मन्त्रालय जोडिन्छ, वन मन्त्रालय जोडिन्छ, उद्योग मन्त्रालय जोडिन्छ । ठाउँ ठाउँमा क्रसहरु खुल्दैछन् । नदीको प्राकृतिक वहावमा अतिक्रमण भयो भने ¥याफ्टिङको सम्भावना रहँदैन । उर्जा मन्त्रालयले ठूला—ठूला ड्याम राखेर उर्जाको विकास गर्दछ । विकास जरुरी छ । तर नदीको प्राकृतिक वहाव हामीले जोगाउनुपर्ने चुनौति पनि छ । जैविक विविधता जोगाउनुपर्ने चुनौति पनि छ । त्यसको सुरक्षा भएन भने पर्यटकहरु त्यो गन्तव्यमा जान मान्दैनन् ।’

पर्यटनमन्त्री पाण्डेले अहिले नेपालमा पर्यटक प्रहरीको संख्या २४६ रहेको भन्दै पर्यटक प्रहरीको प्रभावकारिता बढाउँदै लैजानुपर्ने बताउनु भयो । उहाँले कर्णालीको रारा र सुदूरपश्चिमको खप्तडमा प्रहरी पर्यटक लैजाने तयारी शुरु गरेको बताउनु भयो । प्रहरी पयर्टकको संख्या बढाउने र २९ ठाउँमा मात्रै सिमित पर्यटक प्रहरीलाई बढाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।