२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकहरू समस्यामा छैनन्, अफवाह धेरै फैलियो : गभर्नर अधिकारी



अ+ अ-

काठमाडौँ। बैंकहरू समस्यामा छन् भन्ने अफवाहमा नलाग्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आग्रह गरेका छन्।

बिहीबार (आज) राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिक साधारणसभाको समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बैंक तथा वित्तीय संस्थासम्बन्धी सम्पूर्ण तथ्यांक राष्ट्र बैंकसँग हुने गरेको भन्दै त्यसलाई व्यवस्थापन गर्ने जिम्मेवारी पनि राष्ट्र बैंकको भएको बताए ।

‘राष्ट्र बैंकले रेगुलेट गरेको कुनै पनि संस्थालाई हामी समस्यामा पर्न दिँदैनौं । यो हाम्रो एक खालको प्रत्याभूति नै हो । त्यसै हिसाबले नै हाम्रो रिसोर्सेसहरु परिचालन भएको छ । निरीक्षण गर्छौं, सुपरिवेक्षण गर्छौं, नियमन गर्छौं,’ उनले भने ।

उनले राष्ट्र बैंकले नियमन गर्ने कुनै पनि बैंक तथा वित्तीय संस्था समस्यामा नपरेको जिकिर गरे।