१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

सहकारी क्षेत्रलाई एउटै मापदण्डमा राखेर नियमन गर्न हुँदैनः काँग्रेस सांसद केरुङ

सहकारी क्षेत्रलाई एउटै मापदण्डमा राखेर नियमन गर्न हुँदैनः काँग्रेस सांसद केरुङ
अ अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सहकारी क्षेत्रलाई एउटै मापदण्डमा राखेर नियमन गर्न नहुने बताउनुभएको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा भएको छलफलमा उहाँले यस्तो बताउनुभएको हो ।

संविधानले सहकारीलाई अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रूपमा स्वीकार गरिसकेको उल्लेख गर्दै उहाँले सहकारीसम्बन्धी विषयलाई त्यसकै कानूनी व्यवस्थाअनुसार अघि बढाउनुपर्नेमा जोड दिनुभयो । सांसद केरुङले ग्रामीण क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच भएपनि स्थानीय नागरिकको तत्कालीन आर्थिक आवश्यकता पूरा गर्न सहकारीको भुमिका अझै महत्वपूर्ण रहेको बताउनु भयो । सहकारी क्षेत्रमा केही अनियमितता र अविश्वासका घटना भएपनि त्यसकै आधारमा सम्पूर्ण सहकारीलाई एउटै दृष्टिले मूल्यांकन गर्न नहुने उहाँको भनाई छ ।

ठूलो परिमाणमा कारोबार गर्ने सहकारी संस्थालाई वर्गीकरण गरी नेपाल राष्ट्र बैंकको नियमनमा ल्याउन सकिने उहाँको भनाई छ । ‘क’ वर्गको बैंकसरह कारोबार गर्ने सहकारीलाई राष्ट्र बैंकको कानुन र मापदण्डअनुसार नियमन गर्नुपर्ने उहाँको भनाइ छ । बैठकमा सहभागी बैकर्सहरुले सहकारीलाई पनि राष्ट्र बैंकले नियमण गर्र्ने व्यवस्था गर्न सुझाव दिएका थिए । –न्युज एजेन्सी नेपाल