२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व विभागीय प्रमुख मल्लको बिदाइ



अ+ अ-

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रशासन विभागका पूर्व प्रमुख प्रेमबहादुर मल्ललाई बिहीबार बिदाइ गरेको  छ । ५८ वर्षे उमेरहदका कारण माघ ९ गते अनिवार्य अवकास प्राप्त गरेका मल्ललाई बिदाइ गरिएको हो ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, विभागीय प्रमुख भोजानन्द राई, पूर्व विभागीय प्रमुख एवं खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसुदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईं, खेलकुद विकास विभागका प्रमुख सरोज पोखरेल, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राखेप कर्मचारी संघका अध्यक्ष सरस्वती केसी र महासचिव कुमार बस्नेत, विभिन्न शाखाका प्रमुख, कर्मचारीलगायतले त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमबीच मल्ललाई बिदाइ गरे ।

अधिकृत प्रथम श्रेणीबाट अवकास प्राप्त मल्ल २०५३ साल असोज ४ गते राखेप सेवामा प्रवेश गरेका थिए । मल्लले आफ्नो सेवा अवधिमा तत्कालीन सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति तथा खेलकुद विकास विभागमा प्रमुखको जिम्मेवारी निर्वाह गरेका थिए । २०८० साल असोजमा ३ सय ४२ जना कर्मचारीको बढुवा हुँदा मल्लको पनि विशेष योदान थियो ।

बिदाइका अवसरमा सदस्य–सचिव घिसिङले अनिवार्य अवकास नियमित प्रकृया भएको बताउदै मल्लले आफूलाई दिएको जिम्मेवारी राम्ररी निर्वाह गरेको बताए । मल्लले सबै कर्मचारीबाट सहयोग पाएको बताउदै सबैप्रति आभार व्यक्त गरे । राखेपले मल्लको स्थानमा गत पुस २९ गते भोजानन्द राईलाई विभागीय प्रमुखको जिम्मेवारी सुम्पिसकेको छ ।