७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने

डेढ वर्षमा बर्दिवास–वीरगञ्ज रेल गुडाउने विभागको तयारी

डेढ वर्षमा बर्दिवास–वीरगञ्ज रेल गुडाउने विभागको तयारी
अ+ अ-

सर्लाही । महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम सकिएको छ ।बर्दिवासदेखि वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गको जङ्गली क्षेत्रमा रुख कटान गरेर माटो पुर्ने काम तीव्रगतिमा भएको छ । पुल कल्भर्ट निर्माणको काम सम्पन्न भइसकेको छ ।
पूर्व मेचीदेखि महाकालीअन्तर्गत जयनगर–बर्दिवास  र बर्दिवास–वीरगञ्ज रेल सञ्चालनमा आइसकेपछि जनकपुरसहित प्रदेश २ को सांस्कृतिक र पर्यटकीयसहित आर्थिक क्षेत्रमा ठूलो क्रान्ति ल्याउने नेपाल सरकारको जिकिर छ । दुई सय किमी प्रतिघण्टा गुड्ने योजनासहित विद्युतीय रेल बर्दिवास–वीरगञ्ज रेल सञ्चालनमा आएपछि बर्दिवासबाट वीरगञ्ज मुस्किलले पौने एक घण्टाभित्रै पुग्न सकिने रेल विभागले जनाएको छ ।

भारतीय पक्षले रक्सौल पाँच किलोमिटरसम्म निर्माण कार्य सम्पन्न गरिसकेको छ । बर्दिवास–सिमरा १०८ किमिको बर्दिवासदेखि लालबन्दीसम्मको २५ किमि खण्डको पूर्वाधार निर्माण कार्य पूर्णरूपमा सम्पन्न गरेको छ । नेपाली भूमिमा निर्माण हुने पहिलो रेलमार्ग बर्दिवास सिमरा हुने विभागले जनाएको छ । बर्दिवासदेखि निजगढसम्मको ७० किमि रेलमार्ग बनाउन १० वटा ठूला पुल बनाउने काम पनि जारी रहेको छ । अवस्था समान्य भए सबै निर्माण कार्य पूरा गरी करिब डेढ वर्षभित्रै बर्दिवास–वीरगञ्ज मार्गमा रेल सञ्चालनमा आउने विभागका महानिर्देशक बलराम मिश्रको जिकिर छ । कोरोना महामारीका कारण बर्दिवास–वीरगञ्ज खण्डमा निर्माण कार्य प्रभावित भएको भन्दै अवस्था सामान्य भएमा  चाँडै निर्माण कार्यले तीव्रता पाउने महानिर्देशक मिश्रले बताउनु भयो ।

विसं २०६७ साउन महिनामा भारतीय कम्पनी राइट्स कन्सल्टयान्टले प्रतिकिलोमीटर रु ३५ देखि ४५ करोड लागत लाग्न सक्नेसहितको सम्भाव्यता अध्ययन गरेको आधारमा पाँच वर्षभित्र पूरा गर्ने गरी राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेर रु ६९ अर्ब ५२ करोडको लागतमा ९४५ किमिको पूर्व पश्चिम रेलमार्गको कार्य अघि बढेको हो ।