२ भाद्र २०८३, मंगलवार
,
Latest
औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’ सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको छः सांसद केरुङ हामी गोली खान तयार छौँ तर सरकारका गलत कार्यमा समर्थन गर्दैनौँः सांसद खातुन वैदेशिक रोजगारीमा रहेका नेपालीको समस्या समाधानका लागि संसदीय छानबिन समिति गठन गर्न माग विजय थापाको ‘आँसु बिक्ने सहर’ सार्वजनिक मकवानपुर स्कारपियो दुर्घटना : उपचारका क्रममा एक महिलाको मृत्यु सरकार जनसरोकारका मुद्दामा गैरजिम्मेवार बनेको अध्यक्ष राईको आरोप विपद् व्यवस्थापनदेखि परराष्ट्र नीतिसम्म सरकारको कार्यशैलीमाथि वर्षमान पुनको प्रश्न गाँजा खेतीलाई वैधानिकता दिन सांसद राईको मागः ‘यो आर्थिक समृद्धिको बलियो आधार’
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय प्रशासनले तोक्यो प्याजको बिक्री मूल्य



फाईल फोटो
अ+ अ-

वीरगञ्ज । भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ । व्यवसायीहरुले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा बेच्न थालेपछि स्थानीय प्रशासनले त्यस्ता व्यापारीहरुकहाँ छापा मार्न थालेपछि कारवाही प्रक्रिया अघि बढाएको हो । वीरगञ्ज बजार तरकारीको मुख्य मण्डी मानिएको मीना बजारका केही व्यापारीले प्याजको कृत्रिम अभाव सिर्जना गरी उपभोक्तलाई ठग्दै आएको खबर प्राप्त भएपछि स्थानीय प्रशासनले छापा मार्न थालेको हो । प्रशासनले व्यापारीहरुलाई प्याज बिक्री वितरण गर्न मूल्य तोकेपछि स्थानीय उपभोक्तहरुले राहत पाएको उपभोक्ता विजय पण्डितले राससलाई बताए । 

पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र  व्यापारीहरुबीच भएको छलफलबाट प्याजको मूल्य तोकेको सामुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्ष विदुर गुप्ताले बताए। स्थानीय प्रशासनमा बसेको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आइतबार बसेको बैठकले हालका लागि प्याजको थोक मूल्य प्रतिकेजी रु ६५ र खुद्रा मूल्य प्रतिकेजी रु ७५ तोकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।  यसअघि व्यापारीहरुले कृत्रिम मूल्य सिर्जना गरी प्रतिकेजी रु १०० मा बेच्दै आएका थिए । तोकिएको मूल्यभन्दा बढी रकम लिएर प्याज बिक्री वितरण गरेको पाइए स्थानीय प्रशासनले कानूनबमोजिम कारवाही गरिने बताइएको छ । यसका साथै व्यापारीहरुले आलु, प्याजलगायतका खाद्य सामग्रीको बढी मूल्य लिएर कालोबजारी गरेको उजुरी आएमा पनि कारवाही गरिने जनाइएको छ । वीरगञ्जमा थोक तथा  खुद्रा बिक्रेताको सङ्ख्या ५०० को हाराहारीमा छ । 

भारतले प्याजको निर्यातमा रोक लगाएपछि वीरगञ्ज नाका हुँदै एउटा पनि प्याज बोकेको ट्रक नेपाल भित्रिएको छैन । यसअघि वीरगञ्ज भन्सार नाकाबाट दिनको तीन ट्रकभन्दा बढी प्याज नेपाल भित्रिने गरेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले बताए । यता प्याजको अभाव हुन थालेपछि सिमावर्ती नाका रक्सौलबाट तस्करहरुले साइकलमा राखी नेपालतर्फ प्याजको तस्करी गर्न थालेको पाइएको छ ।