२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया सम्पन्न, के भएको थियो ?



अ+ अ-

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानमने शल्यक्रिया सम्पन्न भएको छ । बालाजुस्थित सिल्भरलाइन अस्पतालमा उनको बुधबार शल्यक्रिया भएको हो । लामिछानेको राइट डाइरेक्ट इङ्गुइनल हर्नियाको टोटल एक्स्ट्रा पेरिटोनियल (मास रिपेयर) गरिएको अस्पतालले जनाएको छ ।

लामिछानेको शल्यक्रिया डा दीपक शर्मा नेतृत्वको टोलीले गरेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

क्रिकेटर लामिछानेको उक्त शल्यक्रिया केही समय पहिले नै गर्न चिकित्सकहरुले सुझाव दिएका थिए । तर, व्यस्तताका कारण उनले शल्यक्रियाका लागि समय निकाल्न सकेका थिएनन् ।

पछिल्लो समय समस्या बढ्दै गएपछि उनले फुर्सदको समय पारेर शल्यक्रिया गराएका हुन् । शल्यक्रियामा सन्दीपलाई पुरै बेहोश बनाइएको थियो ।

सन्दीप ४/५ दिन अस्पतालमा बस्नुपर्ने अस्पतालले जनाएको छ । उनी कम्तिमा एक महिना मैदान बाहिर रहने छन् ।