२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया सम्पन्न, के भएको थियो ?



अ+ अ-

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानमने शल्यक्रिया सम्पन्न भएको छ । बालाजुस्थित सिल्भरलाइन अस्पतालमा उनको बुधबार शल्यक्रिया भएको हो । लामिछानेको राइट डाइरेक्ट इङ्गुइनल हर्नियाको टोटल एक्स्ट्रा पेरिटोनियल (मास रिपेयर) गरिएको अस्पतालले जनाएको छ ।

लामिछानेको शल्यक्रिया डा दीपक शर्मा नेतृत्वको टोलीले गरेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

क्रिकेटर लामिछानेको उक्त शल्यक्रिया केही समय पहिले नै गर्न चिकित्सकहरुले सुझाव दिएका थिए । तर, व्यस्तताका कारण उनले शल्यक्रियाका लागि समय निकाल्न सकेका थिएनन् ।

पछिल्लो समय समस्या बढ्दै गएपछि उनले फुर्सदको समय पारेर शल्यक्रिया गराएका हुन् । शल्यक्रियामा सन्दीपलाई पुरै बेहोश बनाइएको थियो ।

सन्दीप ४/५ दिन अस्पतालमा बस्नुपर्ने अस्पतालले जनाएको छ । उनी कम्तिमा एक महिना मैदान बाहिर रहने छन् ।