७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने

यती एअरलाइन्सको भ्रमण प्याकेज सार्वजनिक

यती एअरलाइन्सको भ्रमण प्याकेज सार्वजनिक
अ+ अ-

काठमाडौं । यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सुहलियत दरमा भ्रमण प्याकेज सार्वजनिक गरेको छ । 

एयरलाइन्सले होटल, ट्राभल्स, ट्रेकिङ कम्पनीहरुसँगको सहकार्यमा सुलियत दरमा भ्रमण प्याकेज सार्वजनिक गरेको बताएको छ । आफ्नो २२ औं स्थापना दिवसको अवसरमा सोमबार पत्रकार सम्मेलन आयोजना गरी पर्यटन उद्योगलाई बचाउन तथा आन्तरिक पर्यटनलाई चलायमान बनाउन ‘आन्तरिक पर्यटनका लागि सँगसँगै’ भन्ने नारा सहित सहुलियत दरमा विभिन्न प्याकेज सार्वजनिक गरेको बताएको हो । पत्रकार सम्मेलनमा एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले कोभिड १९का कारण ठप्प भएको पर्यटन उद्योगलाई चलायमान बनाउन सहुलियत दरको भ्रमण प्याकेज ल्याइएको बताउनुभयो । प्योकजमा पोखरा, एभरेस्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, जंगल सफारी चितवन र रारा भ्रमण, काठमाडौँ आउनेका लागी पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारबाट दुईतर्फी हवाई टिकट सहीत बस्ने होटलको व्यवस्था मिलाइएको रिमालले बताउनुभयो । ‘अब एअरलाइन्स उड्नमात्र होइन, घुम्नपनि’ भन्ने सन्देश दिने उद्देश्यले कुनैपनि भ्रमण प्याकेज खरीद गर्ने पहिलो १ सय जना यात्रुलाई आकर्षक उपहारको व्यवस्था गरिएको पनि उहाँले बताउनुभयो । भ्रमण प्याकेज खरीदकर्ता यात्रुले हरेकसाता ‘लक्की ड्र’ मार्फत आकर्षक उपहार प्राप्त गर्न सक्ने प्रमुख कार्यकारी अधिकृत रिमालले बताउनुभयो ।  

एयरलाइन्सले २२ औँ स्थापना दिवसका अवसर पारेर आजैदेखि ‘यती एअरलाइन्स मोबाइल एप्स’ समेत सञ्चालनमा ल्याएको छ । मोबाइल एप्सको माध्यमबाट टिकट बुकिङ गरेमा विशेष छुट दिने व्यवस्था  गरिएको पनि प्रमुख कार्यकारी अधिकृत रिमालले बताउनुभयो ।

यस्तै यती एयरलाइन्सले उच्च सतर्कता अपनाएर आज (सोमबार) देखि हवाई उडान सूचारु गरेको पनि बताएको छ । नेपालको आन्तरिक उडान गत चैत महिना यता कोभिड संक्रमणको उच्च जोखिम रहेपछि बन्द अवस्थामा थियो । सरकारले असोज ५ गते देखि आन्तरिक उडानलाई सूचारु गर्ने निर्णय गेको थियो । प्रमुख कार्यकारी अधिकृत रिमालले चालकदल, यात्रु र कर्मचारीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि विश्व स्वास्थ्य संगठन, नेपाल नागरिक उड्डयन प्राधिकरण, र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको निर्देशिका अनुरुप यती एयरलाइन्स र तारा एयरलाइन्सको छुट्टाछुट्टै कार्यविधि बनाई जहाज सञ्चालन गरेको बताउनुभयो ।