२७ भाद्र २०८३, शनिबार
,
Latest
एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, युएई ४४ रनले पराजित देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिका नगर अस्पताललाई आवश्यक सहयोग हुन्छ : स्वास्थ्यमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चितवनको कालिका नगरपालिकामा स्थापना भएको नगर अस्पतालका लागि सरकारबाट आवश्यक सहयोग हुने प्रतिबद्धता जनाएका छन्।

चितवनको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले आज मन्त्रालयमा गरेको भेटका क्रममा मन्त्री पौडेलले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने विषयमा आफ्नो ध्यान रहेको र उक्त अस्पतालका लागि पनि आवश्यक सहयोग हुने आश्वासन दिएका हुन्।

भेटका क्रममा नगरप्रमुख रेग्मीले भिडियो एक्सरेसहितका ल्याबका उपकरणहरू आवश्यक रहेकाले उपलब्ध गराउन माग गरेका थिए। उनले नगर अस्पतालको स्तरोन्नतिका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन पनि अनुरोध गरेका थिए।

नगरपालिकामा हाल १५ शय्याको अस्पताल सञ्चालनमा छ। नगर अस्पतालमा दैनिक तीन सयदेखि चार सयजना सेवाग्राहीले सेवा लिँदै आएका छन्। उक्त अस्तताल चेपाङ समुदायले सेवा लिने अस्पताल पनि हो।