२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

“डब्ल्यूएचओबाट अमेरिकी फिर्ता निर्णय खेदजनक”



अ+ अ-

जेनेभा: विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको घोषणाप्रति खेद प्रकट गरेको छ ।

यद्यपि, विश्वव्यापी स्वास्थ्य एजेन्सीले संयुक्त राज्यले आफ्नो निर्णयमा पुनर्विचार गर्नेछ आशा गर्दछ  । विश्वभरि लाखौं मानिसहरूको स्वास्थ्य र कल्याणको लागि अमेरिका र एजेन्सी बीचको साझेदारीलाई कायम राख्न रचनात्मक संवादमा संलग्न हुन तत्पर छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार डब्लूएचओबाट अमेरिका बाहिरिने घोषणा गरेपछि डब्लुएचओको यो बयान आएको हो ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभयो,“ विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले संयुक्त राज्य अमेरिकाको घोषणाप्रति खेद प्रकट गर्दछ । डब्लुएचओ विश्वका मानिसहरूको स्वास्थ्य र सुरक्षाको लागि महत्त्वपूर्ण छ ।”

विश्वव्यापी स्वास्थ्य एजेन्सीले अमेरिका सन् १९४८ मा डब्ल्यूएचओको एक संस्थापक सदस्य रहेको उल्लेख गर्यो ।

सात दशकभन्दा बढी समयदेखि डब्ल्यूएचओ र संयुक्त राज्य अमेरिकाले अनगिन्ती जीवन बचाएका छन् । अमेरिकी संस्थाहरूले डब्लूएचओको सदस्यताबाट योगदान र लाभ उठाएका छन् ,” विज्ञप्तिमार्फत डब्ल्यूएचओले जनाएको छ ।

“हामी आशा गर्छौं कि संयुक्त राज्यले पुनर्विचार गर्नेछ । हामी संयुक्त राज्य अमेरिका र डब्ल्यूएचओ बीचको साझेदारीलाई दिगो बनाउन रचनात्मक संवादमा संलग्न हुने आशा गर्दछौं ।” रासस / एएनआई

 




भर्खरै