१८ माघ २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाडाको विषयमा विवाद हुँदा बसको ढोकाबाट खसेर महिलाको मृत्यु



अ+ अ-

गुल्मी। गुल्मीमा बसको ढोकाबाट खसेर एक यात्रुको मृत्यु भएको छ ।

भाडाको विषयमा झगडा भएपछि इस्मा गाउँपालिका वडा नम्बर ५ रातामाटाकी ३९ वर्षीया शान्ती कुमाल ढोकाबाट खसेकी थिइन् । उनको उपचारका क्रममा गुल्मी अस्पतालमा मृतयु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए ।

गुल्मीको तम्घास–छल्दी–सिमलटारी सडकखण्ड अन्तर्गतको धनार्जीमा बुटवलदेखि तम्घास हुँदै अर्खबाङ्ग जाँदै गरेको लु १ ख ५७३६ नम्बरको बसमा मृतक महिलासँग बसका सहचालकको विवाद भएको थियो । सामान्य विवाद झगडा हुँदा बस गुड्ने क्रममा ती महिना ढोकामा झुण्डिन पुगेकी थिइन् ।