३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

नविर्सिऔ,बिर्सनेहरुलाई

नविर्सिऔ,बिर्सनेहरुलाई
अ+ अ-

यो कुनै साहित्यिक लेखको शीर्षक होईन । बिशेषज्ञ चिकित्सक डा. निदेश सापकोटाले २७औं विश्व अल्जाइमर चेतना दिवसका उपलक्ष्यमा विस्मृति रोग बारे चर्चा गरौं र यस रोगका रोगीलाई स्याहार सुसार गरौं भन्ने अर्थमा व्यक्त गर्नु भएको भावना हो । हरेक वर्ष २१ सेप्टेम्बरलाई विश्व अल्जाइमर चेतना दिवसको रुपमा भनाईन्छ । साथै, सेप्टेम्बर महिनालाई अल्जाईमर मन्थ पनि भनिन्छ । सन् १९१९ मा विश्वमा ५० करोड मानिस अल्जाइमर पीडित रहेको अनुमान छ । यो संख्या आगामी सन् २०३० मा ८२ करोड र सन् २०५० मा १ अर्व ५२ करोड पुग्ने अनुमान छ । नेपालमा हाल करिब १ लाख ५० हजार मानिस यस रोगको शिकार भएको अनुमान छ । 
यसलाई बिस्मृति रोग पनि भनिन्छ । यो रोग लागेपछि शुरुमा मानिसले दैनिक जीवनमा प्रयोग हुने बस्तुको नाम बिर्सिन्छ । रोगले चापेपछि श्रीमतीले श्रीमान् र श्रीमान्ले श्रीमतीलाई नचिन्ने अबस्था आउछ । अन्त्यमा, रोगले पूरै गाजेपछि लुगामै दिशापिसाब झरेको समेत ज्ञात हुदैन । यसर्थ, यसलाई सामान्य बिर्सिने रोग भनेर हेलचक्याई गर्नु हुदैन । 
प्रस्तुत सन्दर्भमा ज्येष्ठ नागरिक विषय क्षेत्र हेर्ने मन्त्री पार्वत गुरुंगले सरकारले ज्येष्ठ नागरिकको पक्षमा स्वास्थ्य सेवा सहितको ज्येष्ठ नागरिक ग्राम निर्माणको कार्य अघि बढाएको, अल्जाईमर पीडितलाई रु १ लाख उपलव्ध गराउने गरिएको र ज्येष्ठ नागरिकका पक्षमा बिभिन्न काम भैरहेको बताउनु भएको छ । साथै, सचिब यमकुमारी खतिवडा बास्कोटाले पनि मन्त्रालय ज्येष्ठ नागरिकको मुद्धामा सम्बेदनशील रहेको कुरा जनाउनु भएको छ । 
अब प्रश्न उठछ, यस क्षेत्रमा के गर्नु पर्छ त ? पहिलो कुरा, अल्जाईमर रोग नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना निर्माण गरी अघि बढ्नु पर्छ । हामीले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि प्रत्येक अस्पतालमा जेरियाट्र्रिक वार्ड खडा गर्न ढिला गर्नु हुदैन । यस बिषयमा विज्ञ चिकित्सक उत्पादन गर्न छात्रबृत्ति दिन जरुरी छ ।  यस क्षेत्रमा एउटा राष्ट्रिय अस्पताल निर्माण गर्नुपर्छ । विश्व स्वास्थ्य संगठनको सहयोगमा ज्येष्ठ नागरिकको सेवाका लागि नर्स तथा प्यारामेडिक्सका लागि तालीम सञ्चालन भईरहेको छ । तर, यो अपर्याप्त छ । हाल, १६ वटा अस्पतालमा ज्येष्ठ नागरिक वार्ड खुलेको छ । यो पनि अपर्याप्त छ । यसैगरी, हामीले ज्येष्ठ नागरिकको लागि रु १ लाखको वीमा गरिदिएका छौं भने बिभिन्न ९ वटा अस्पतालबाट अल्जाईमरको उपचारका लागि रु १ लाख अनुदानको सिफारिश लिन सक्ने प्रबन्ध गरेका छौं । यी रकम कम छन् र प्रक्रिया झण्झटिला छन्, यिनलाई सरलीकृत गर्नुपर्छ । 
दोस्रो कुरा, यस विषयमा व्यापकरुपमा जनचेतना फैलाउनु पर्छ । एक सर्वेका अनुसार प्रत्येक ३ जनामा एक जनालाई बिस्मृति रोगबारे केहि पनि जानकारी नभएको पाईएको छ । जबकी, विश्वव्यापी अध्ययनका अनुसार प्रत्येक तीन सेकेण्डमा एक जना व्यक्तिलाई यो रोग लाग्ने गरेको अनुमान छ । यो रोग मूलतः पाका उमेरका नागरिकहरुमा लाग्ने भएता पनि कम उमेर समूहका व्यक्तिहरुमा पनि  यो रोगको लक्षण देखिन थालेको बिभिन्न अध्ययनले देखाएको छ । यसर्थ, कुनैपनि व्यक्तिमा विर्सिने क्रम बढदै गएमा त्यस्ता व्यक्ति प्रति हेय भावना नराखी स्याहार सुसार गर्ने, उपचार गर्ने र आदरभाव प्रकट गर्नु हाम्रो कर्तव्य हो भनी बभ्mन ढिला गर्नु हुदैन । 
तेस्रो कुरा, डिमेन्सिया रोग अर्थात् डिप्रेसन वा उदासिनताको मनोरोगीहरुलाई सडकमा समेत सहयोग पुर्याउने गरी स्वयमसेवक दस्ता खडा गर्नुपर्छ । मूलकुरा, हरेक घर परिवारले यस रोगबाट पीडित ज्येष्ठ नागरिकको उचित ख्याल गर्नुपर्छ । मस्तिष्कमा असामान्य प्रकारको प्रोटिन जम्मा भई मस्तिष्कका कोषहरूलाई क्षति पु¥याउँनाले अल्जाईमर हुन्छ । हाम्रो मस्तिष्कमा हुने असंख्य स्नायु कोषहरु उमेर ढल्किदै जादा क्रमशः ह्रास हुदै जानु स्वभाविकै हो । यसले सोच्ने, सम्झने, निर्णय गर्ने तथा दैनिक गर्नु पर्ने कामको क्षमतामा निकै असर पार्छ । यस स्थितिमा हामीले बुढा मात्तियो, बुढी बौलाई भन्ने जस्ता आरोप लगाउने गरिन्छ । ठीक यस्को बिपरित बिर्सिएको कुरा संझाई दिएर सहयोग गर्नुपर्छ । यो आम नागरिकको कर्तव्य हो । 
चौथो कुरा, यसरी अल्जाईमर रोगको उपचारमा प्रत्यक्ष सम्पर्क रहने निकाय वा सम्पर्क बिन्दू तोकिईनु पर्छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका वर्तमान अध्यक्ष मदनदास श्रेष्ठ र निबर्तमान अध्यक्ष डा. गौरीशंकर लाल दासको अनुभवमा ज्येष्ठ नागरिकहरु सामाजिक, आर्थिक र स्वास्थ्य सुरक्षा लगायत राज्यबाट प्राप्त हुनुपर्ने सेवा सुविधाबाट बञ्चित रहेका छन् । उनीहरू अन्य समूहको तुलनामा पीडित, कुण्ठित र दयनीय अवस्थामा गुज्रिएका छन् । यसर्थ, ज्येष्ठ नागरिकमा बिरक्तिको भाव पैदा भई विर्सने रोगले सताउने गरेको छ । जस्को निवारणका लागि सरकारले तत्कालीन, मध्यकालीन र दीर्घकालीन रणनीति तथा कार्यक्रम तय गर्र्नुपर्छ । 
पाचौ कुरा, हामीले अन्तर्राष्ट्र्यिस्तरमा व्यक्त गरेको प्रतिबद्धता पूरा गर्नुपर्छ । यस बमोजिम मेरोरी क्लिनिक संचालनमा ल्याउनु पर्छ । स्कूल र कलेजको पाठ्यपुस्तकमा बृद्ध अबस्थामा जीउने कला र ज्येष्ठ नागरिकप्रति गरिने सम्मानका विषय समावेश गर्नुपर्छ ।  घर परिवारले ज्येष्ठ नागरिकको हेरचाह गर्ने तालीम दिनुपर्छ । रिभेम्बर मी अर्थात् मलाई संझ अभियान संचालन गर्नुपर्छ ।
छैठौं कुरा, अल्जाईमरको माईल्ड स्टेज, मोडरेट स्टेज र सिभिर स्टेट अनुसार फरक फरक उपचार बिधिको मापदण्ड तय गर्नुपर्छ । अल्जाईमर रोग बारेमा जनमानमा ठूलो भ्रम र अज्ञानता बिद्यमान रहेकोले जनचेनतामूलक कार्यक्रम संचालन गर्न जरुरी छ । यसर्थ, नेपाल सरकारले आधुनिक चिकित्साका अलावा आयुर्बेदिक, होमियोप्याथिक, युनानी, अक्कुपन्चर, आम्ची र प्राकृतिक चिकित्सा जस्ता बैकल्पिक उपचार पद्धतिको अनुसन्धान, विकास र उपयोगमा पनि जोड दिनुपर्छ । 
सातौ कुरा, ज्येष्ठ नागरिकलाई शारिरिकरुपमा तन्दुरुस्त राख्ने प्रयास गर्नुपर्छ । यस्का लागि ज्येष्ठ नागरिकलाई मल्टी भिटामिन खुवाउन सकेमा र समुचित आदरपूर्ण वाताबरणमा राख्न सके बिर्सन रोगबाट धेरै हदसम्म त्राण पाउन सकिनेछ । यर्थाथमा, ज्येष्ठ नागरिकको वहुमूल्य ज्ञान, सीप र अनुभवलाई समग्र समाज र राष्ट्रको हितमा  परिचालन गर्नुपर्छ । जस्का लागि ज्येष्ठ नागरिकलाई आर्थिक सुरक्षाका साथै आत्मनिर्भरताको लागि सीपमूलक तालिम दिनुपर्छ ।
आठौं कुरा, जर्मन नागरिक एल्वाइ अल्जाइमरको नामबाट आरम्भ भएको यस विर्सने रोग पुस्तौनी वा बंशाणुगत पनि हुन सक्तछ । निराशा, कुष्ठा, असन्तुष्टि, रिसले पनि संझने शक्ति क्षिण हुदै जान्छ । यस अबस्थामा विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम उपचार गर्न सकिन्छ । यसर्थ, सरकारले निशुल्क उपचारको प्रबन्ध गर्नुपर्छ ।
नवौं कुरा, यस रोग लागेपछि आफ्नो रुचि भएको क्रियाकलापमा पनि चांख नलिने स्वभाव देखापर्छ । कुन समयमा कुन पोषाक लगाउने भन्ने कुराको पनि हेक्का रहदैन । यो नै यस रोगको प्रमुख लक्षण हो । यस अबस्थामा उनीहरुलाई आप्mना मित्रहरूसंग भेटघाटको वातावरण मिलाई दिनुपर्छ ।

गीत, संगीत सुन्ने, योग व्यायाम गर्ने, ध्यान गर्ने जस्ता क्रियाकलापमा प्रोत्साहित गर्नु पर्दछ । यस्का लागि नियमित व्यायम र योग गर्नुपर्छ । सधै शान्त र प्रफुल्ल रहने कोशिस गर्नुपर्छ । मदिरा सेवन गर्नु हुदैन । धुम्रपान गर्नु हुदैन । प्रशस्त पानी पिउनु पर्छ । खनिजयुक्त पोषिलो खाना खानुपर्छ । 
दशौं कुरा, अल्जाइमर रोग सबैलाई लाग्न सक्छ ।  यस्ले धनी गरिब भन्दैन, नत्र सुन्दर वा कुरुप । यसैगरी यो रोगले निर्बल वा बलशाली, उच्च पदस्थ वा सामान्य मानिस, बिद्धान् वा अनपढ सबैलाई आप्mनो शिकार बनाउछ । यसर्थ, हामी सबैले यो रोग लाग्ने सम्भावना कम गर्नसकिने उपायको पहिचान गरी होसियारी अपनाउनु नै सर्बाधिक बुद्धिमानी हो । यस रोगमा नभएको कुरा सुन्ने (श्रवण विभ्रम) र नभएका कुरा देख्ने (दृष्टि विभ्रम) समेत हुन्छ । यसबाट मिथ्या विश्वास भ्रांति हुन्छ । जस्तो डोरीलाई सर्प भन्ठान्ने अबस्था आउछ । अल्जाइमरको बिरामीलाई आफु कुनै पीडा बोध हुदैन । तर, परिवारले निकै दुख भोग्नु पर्ने हुन्छ । यसर्थ, हामी सबैलै समयममै साबधानी अपनाउनु नै यस रोगबाट बच्ने उपाय हो ।
०००