२७ भाद्र २०८३, शनिबार
,
Latest
एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, युएई ४४ रनले पराजित देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

इनड्राइभमा चढाएर युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा चालक पक्राउ



अ+ अ-

काठमाडौं। राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभ प्रयोग गरेकी युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक चालक पक्राउ परेका छन्।

जसमा चितवनको नारायणी नगरपालिका–४ घर भएका प्रवीण बराल छन् । २५ वर्षीय बराललाई थानकोटबाट समातिएकाे जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

चितवनको मुग्लिन बजारबाट काठमाडौँ जान अनलाइनमार्फत आग्रह गर्दा राइडरले ह्वाट्सएपमा म्यासेज गरेर यौन उत्पीडन गरेको भन्दै एकजना महिलाले सामाजिक सञ्जाल ‘टिकटक’मा भिडियो बयान पोष्ट गरेकी थिइन् । सो भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

इनड्राइभ प्रयोग गरेकी युवतीले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै दिएको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका चालकलाई अहिले काठमाडौं प्रहरी परिसरमा राखेर थप अनुसन्धान भइरहेको छ।