७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने

कांग्रेसको महाधिवेशन फागुनमा नहुने, नयाँ मिति तोक्न केन्द्रीय समिति बोलाइयो

कांग्रेसको महाधिवेशन फागुनमा नहुने, नयाँ मिति तोक्न केन्द्रीय समिति बोलाइयो
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र महाधिवेशन केन्द्रित विवाद बढ्दै गएको छ। फागुन ७ देखि १० गतेका लागि तय गरिएको महाधिवेशन अनिश्चित भए पनि संस्थापन र इतर समूहबीचको आन्तरिक विवाद तीव्र बन्दै गएको हो।

संस्थापन इतर समूहले विधिविधानविपरीत सभापति शेरबहादुर देउवाले विभागसहितका निकायहरूलाई विस्तार गरेर महाधिवेशन कब्जा गर्न लागिपरेको आरोप लगाएको छ। सो समूहले महाधिवेशन भएको दुई महिनाभित्र विभाग गठन गरिसक्नुपर्ने जनाउँदै अहिले आएर गठन र विस्तार गर्नु विधानविपरीत भएको दाबी गरेको छ। विधानको व्यवस्थाविपरीत क्रियाशील सदस्यता वितरण भइरहेको भन्दै उक्त समूहले त्यसलाई सच्याउन सभापतिलाई पुनः लिखित आग्रह गर्ने भएको छ। सभापति आफ्नो अडानमा कायमै रहे केन्द्रीय कार्यालयमा धर्ना, अनशनसहितका दबाबमूलक कार्यक्रम गर्ने इतर समूहको तयारी छ।

निर्णय सच्याउन सभापतिलाई सातदिने अल्टिमेटमसहित आफ्नो असन्तुष्टिहरू केन्द्रीय कार्यालयमा दर्ता गर्ने, केन्द्रीय सदस्यहरू, जिल्ला सभापति, सांसद, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाहरूसँग अन्तक्र्रिया र धर्ना दिने इतर समूहका नेताहरूले जानकारी दिए। त्यतिमा पनि निर्णय सच्याउन सभापति तयार नभए निर्वाचन महामन्त्री शशांक कोइरालाले पार्टीका सबै निकायलाई पत्र लेखेर निर्णय कार्यान्वयन नगर्न आग्रह गर्ने तयारी भएको जनाइएको छ। ‘महामन्त्रीले पार्टीको विभाग गठन, सदस्यता वितरणसहितका विषयमा केन्द्रले कुनै निर्णय नगरेको र त्यसलाई कार्यान्वयन नगर्न आग्रहसहितको पत्र लेख्नुहुनेछ,’ इतर पक्षीय एक नेताले भने। त्यसपछि रिले र आमरण अनशन बस्ने तयारी रहेको उनको भनाइ छ।

इतर पक्षीय केन्द्रीय सदस्य गुरुराज घिमिरेले सभापति शेरबहादुर देउवाले पार्टीको विधि र विधानविपरीत विभाग गठन, विस्तारसहित सदस्यता वितरणमा पनि हस्तक्षेप गरेको आरोप लगाए। त्यसलाई तुरुन्त सच्याएर छलफलबाट समाधानमा पुग्नुपर्नेमा उनले जोड दिए। विगतमा पार्टीमा सानो समस्या आउँदा वा नेताहरूबीच मतभेद हुँदा छलफल र समझदारीबाट टुंगोमा पुग्ने गरेको बताउँदै अहिले छलफल र समझदारीको साटो पार्टी नेतृत्व एकलौटी ढंगबाट अघि बढेको आरोप उनले लगाए। ‘समस्या समाधानका लागि नेतृत्वले नै पहल लिनुपर्छ,’ उनले भने, ‘अर्को पक्षले विरोध जनाउने, दबाब खडा गर्ने तर नेतृत्व समझदारी निर्माणका लागि लचिलो देखिनुभएन।’

संस्थापन पक्षले भने सहमतिका लागि पटकपटक भएको प्रयास असफल भएपछि विभागसहितका निकायलाई विधि र विधानअनुसारै पूर्णता दिएको दाबी गर्दै आएका छन्। सभापतिलाई असफल देखाएर महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न इतर पक्ष लागिपरेको संस्थापन पक्षको बुझाइ छ। सहमतिका लागि प्रयास गर्दा विधानको कुरा गर्ने विधानअनुसार अघि बढ्दा इतर पक्षले सहमतिको कुरा गर्ने गरेको आरोप लगाए। ‘सभापतिलाई विभाग गठन गर्ने विधानले अधिकार दिएको छ। सहमतिको प्रयास गर्दा ढिला भएको मात्र हो,’ देउवानिकट एक पदाधिकारीले भने, ‘महाधिवेशनका लागि अरू केही अजेन्डा नपाएपछि उहाँहरू (संस्थान इतर) समूहले बहानाबाजी गर्ने र विवाद खडा गर्न खोजिरहनुभएको छ।’

महाधिवेशन सार्न लागि परेको आरोप सभापतिलाई लगाएर इतर पक्ष नै त्यसका लागि वातावरण बनाउन सक्रिय रहेको ती नेताको आरोप छ। विभिन्न पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गरेकालाई क्रियाशील सदस्यता दिइएको बताउँदै देउवानिकट ती नेताले थपे, ‘विधानअनुसार सदस्यता गएको छ। सोहीअनुसार जिल्लाले वितरण गरिरहेको छ।’ महाधिवेशनको परिणाम आफ्नो पक्षमा नआउने देखिएपछि अहिलेदेखि नै इतर पक्षले रोइलो गरेको उनीहरूको आरोप छ।

कोरोनाको बढ्दो संक्रमणसँगै आन्तरिक विवादले महाधिवेशनको कार्यतालिका पूर्ण रूपमा प्रभावित भएको छ। यसअघि दुईपटक संशोधन गरिएको कार्यतालिका फेरि प्रभावित हुँदा फागुन ७ का लागि तय भएको मिति प्रभावित हुने निश्चित छ। कोरोना संक्रमण फैलिँंदै गएका बेला महाधिवेशन नै अनिश्चित बन्ने त होइन भन्ने प्रश्न उठेको छ। यहीबेला दुई पक्षबीचको विवाद तीव्र बन्दै जाँदा कांग्रेस महाधिवेशनभन्दा आन्तरिक कलहमा फस्ने विश्लेषण गर्न थालिएको छ। कांग्रेसमा महाधिवेशन केन्द्रित विवाद अझै चुलिँदै जाने विश्लेषण गर्दै एक नेताले भने, ‘दुवै पक्षले आ–आफ्नो मान्छे बोलाएर हुलहुज्जत गर्ने र पार्टी केन्द्रीय कार्यालयमा दंगाफसाद हुने स्थिति छ।’नागरिक दैनिकमा समाचार छ ।