७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने

‘म्याद सकिएका सामान नराख्ने कुनै खाद्यान्न पसल देखिएनन्’

‘म्याद सकिएका सामान नराख्ने कुनै खाद्यान्न पसल देखिएनन्’
अ+ अ-

काठमाडौं । आज आक्वा ककनी ब्राण्डका १८ वटा जार नष्ट गरिएको छ । महानगरको उपभोक्ता हित संरक्षण समितिले नयाँ बजार खुशिँवु क्षेत्रमा गरेको अनुगमनका क्रममा बिनोद किराना पसलमा बेच्न राखिएका, थोत्रो भएर रङ्ग नै फेरिइसकेका, कुच्चिएका, लेवल मेटिएका, पानी भरेको मिति नभएका जार र पानी नष्ट गरेको हो । व्यापारी भन्दै थिए, हामीले कम्पनीलाई धेरै पटक भनेका हौं । कम्प्लेन छ सुनाएका हौं । तर के गर्नु टेर्दैनन् । 

यो दृश्य हेरिरहेका उपभोक्ता भन्दै थिए — हो त । जारको पैसा त हामीले तिरेको हो नि । आफ्नो पैसा खर्च गरेर उनीहरुले खटाएका सामान चलाउने? भन्न मात्रै सकेका थिएनौ । आज तपाईहरुले ठीक गर्नुभयो । आज गरेर छोड्नु भयो भने भोलि उस्तै हुन्छ । उनीहरुको सुझाव थियो — यसलाई नियमित गर्नुपर्छ ।  

यसै गरी चितवन दाजुभाइ टे«डर्सबाट ४७ प्याकेट म्याङ्गो ट््याङ्, २७ प्याकेट अजिनामोटो र ४० थान स्टेफ्रि नामका स्यानिटरी प्याड नष्ट गरिएको छ । यी सामानमध्ये ट््याङ् र अजिनामोटोको उपभोग्य मिति मेटिएको थियो । भएको म्याद पनि अक्षर मेटिने थियो ।

त्यस क्षेत्रमा भएका किराना पसलहरुको अनुगमन गर्दा म्याद गुज्रिएका सामान नहुने कुनै पसल थिएनन् । व्यापारीहरु आफैं भनिरहेका थिए । होलान् त्यस्तै १०÷१५ प्रतिशत म्याद सकिएका सामान । के गर्नु र? लकडाउन छ ।  कृषि बिभागको नेतृत्वमा भएको अनुगमनमा पशु सेवा बिभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग, उपभोक्ता अधिकार अनुसन्धान मञ्च, नगर प्रहरीका प्रतिनिधिको सहभागिता थियो ।