२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

गगन थापाले भने- डा.केसीमाथिको दुर्व्यवहार सरकारको क्रुरता !

गगन थापाले भने- डा.केसीमाथिको दुर्व्यवहार सरकारको क्रुरता !
अ अ+ अ-

काठमाडौं । पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाले डा. गोविन्द केसीमाथि मंगलबार दिउँसो प्रहरीले गरेको दुर्व्यवहार वर्तमान सरकारको क्रुर कार्यको पनि पराकाष्ठा हो भनेका छन् ।

आज नेपालगन्जबाट काठमाडौँ ल्याइएका डा. केसीलाई प्रहरीले वीर अस्पतालको ट्रमा सेन्टरअघि लछारपछार गरेको थियो । उनले शिक्षण अस्पताल जान खोजेका थिए भने प्रहरीले त्यहाँ जान नपाइने भन्दै सोही सेन्टरमा भर्ना गर्न खोजेको थियो । उनको इच्छा विपरीत प्रहरीले लछारपछार गर्दै राष्ट्रिय ट्रमा सेन्टरमा लगेपछि गगन थापाले यो प्रतिक्रिया दिएका हुन् । गगन थापाले ट्वीट गरेर यस्तो प्रतिक्रया जनाएका हुन् ।

उनले सो ट्वीटमा भनेका छन् 'सत्याग्रहीमाथिको दुर्व्यवहार वर्तमान सरकारको क्रुरताको पराकाष्ठा हो ।' उनले सत्याग्रहीलाई इच्छा विपरीत छुन पनि पाईंदैन तर अनसनरत डा.गोविन्द केसीमाथि सरकारले गरेको अपमानजनक व्यवहार गरेर जबर्जस्ती कामाठाडौं ल्याएको बताएका छन् । उनले प्रहरीको यो कार्य लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ भनेका छन् । थापाले ट्विटरमा लेखेका छन्, ‘क्रुर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्नसक्छ । सरकारले आफ्नो पतनको बाटो आफै खनेको छ ।’

यसैबीच पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि डा.केसीमाथिको दुर्व्यवहारको विरोध गरेका थिए । उनले पनि ट्वीट गरेर सरकारले निर्लज्ज काम गरेको बताएका थिए ।