६ माघ २०८१, आईतवार
,
Latest
दुर्घटनामा एकै परिवारका तीन जना घाइते खानेपानीको समस्या अन्त्य गराएरै छाड्ने छु: मन्त्री यादव योग गुरु रामदेव र आचार्य बालकृष्णविरूद्ध पक्राउ पुर्जी सपथ लिनुअघि ट्रम्पले ल्याए आफ्नै क्रिप्टोकरेन्सी मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छ : अर्थमन्त्री पौडेल सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग कार्यान्वयनका लागि महासंघको आग्रह अदालतको आदेश: राष्ट्रिय परिचयपत्र लागू गर्ने बाटो खुला राष्ट्रिय परिचयपत्र विरुद्धको रिट खारेज सकिएन छविलाल जोशीको थुनछेक बहस, प्रहरीको जिम्मा लगाउने आदेश संयुक्त समितिमा सांसदहरुः ‘पुँजीगत खर्च न्युन हुनुमा दोषि को हो?’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरक डसना बनाएर दैनिक एक हजार छ सयसम्म आम्दानी



अ+ अ-

बेलबारी । जिल्लाको बेलबारी नगरपालिका लक्ष्मीमार्गमा भेटिनुभएका मोहम्मद लतिफले तीनदेखि घुम्ती सेवाका रूपमा सिरक डसना बनाउँदै बस्तीबस्तीमा हिँडिरहनु भएको छ । वर्षौँदेखि जाडो याममा यसरी घरघरमा सिरक डसना बनाउने पेसा गर्दै आउनुभएका उहाँले सिजनमा दैनिक रु एक हजार छ सयसम्म आम्दानी हुने गरेको बताउनुभयो ।

भारतको फारबिसगञ्ज घर भएका लतिफले ५० वर्षदेखि नेपालका विभिन्न भेगमा गएर सिरक डसना बनाउने गरेको बताउनुभयो । असी वर्षीय उहाँले भन्नुभयो, “नेपालमा काम गर्न सके मनग्य आम्दानी छ, यहाँको कमाइले भारतमा परिवार चलिरहेको छ ।”

सुरुआती समयमा एउटा सिरक बनाएको रु पाँच थियो । अहिले बढेर रु आठ सय पुगेको लतिफले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दैनिक कम्तीमा दुईवटा सिरक बनाउन भ्याउँछु । घरेलु सामग्री ९धुनिया० बाट रुवा फिटेर सिरक डसना बनाउने पर्ने भएकाले समय पनि बढी लाग्छ ।”

घरेलु सामग्री (धुनिया) बाट रुवा फिट्दै आएका मजदुर अचेल सुतीका कपडाको रुवा बनाउने उपकरण र ट्याक्टरसँगै लिएर हिँड्न थालेकाले पुराना कपडा खेर नजाने बेलबारी–११ की सीता खतिवडाले बताउनुभयो । “आजभोलि पुराना सुतीका कपडा खेर जाँदैनन्, घरघरमा सिरक डसना बनाउने व्यक्ति आएर सबै पेलेर रुवा बनाइदिन्छन्”, उहाँले भन्नुभयो ।

तीनदेखि पाँच जनाको समूहमा उहाँहरूले काम गर्नुहुन्छ । ट्र्याक्टरमा सुतीका पुराना कपडा फिटेर रुवा बनाउने उपकरण लिएर हिँड्ने उहाँहरूको समूहले दैनिक रु १० हजारभन्दा बढी कमाइ गर्दै आइरहेको लतिफले जानकारी दिनुभयो । पछिल्लो समय तयारी अवस्थाका फाइबरका सिरक, डसनालगायत सामग्रीको प्रयोग बढिरहेकाले व्यापार सोचे जस्तो नभएको उहाँले बताउनुभयो ।