२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश…
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहारा सहकारी ठगीमा रवि र छविसहित १४ विरुद्ध आज मुद्दा दायर गरिने



अ+ अ-

काठमाडौं । साहारा चितवन बहुद्देश्यीय सहकारीको बचत ठगीमा रवि लामिछाने, छविलाल जोशीलगायत १४ व्यक्ति र ७ कम्पनीविरुद्ध चितवन जिल्ला सरकारी वकील कार्यालयले आज मुद्दा दायर गर्ने भएको छ ।

प्रहरीले मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन शुक्रबार नै जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । यो प्रकरणमा यसअघि नै १७ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ ।

सरकारी वकिलको कार्यालयले सहकारीको रकम गएको देखिएको गोर्खा मिडिया नेटवर्कको थप अनुन्धान गर्न निर्देशन दिएबमोजिम प्रहरीले पूरक अनुसन्धान गरी प्रतिवेदन बुझाएको हो । पूरक प्रतिवेदनमा रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल तमाङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअलि सिद्धिकी, भगवती बोमजोन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बाँस्तोला र शिवबहादुर गुरुङलाई प्रतिवादी बनाउनुपर्ने राय छ । रकम लेनदेन देखिएका ७ वटा कम्पनीलाई पनि मुद्दा चलाउन सिफारिस गरिएको छ ।

करिब एक वर्ष लगाएर प्रहरीले गरेको अनुसन्धानका आधारमा गत असोज ८ मा १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । मुद्दा दायर हुँदा नै पूरक अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको थियो । सरकारी वकिलको कार्यालयले सहकारीको रकम गएको देखिएको गोर्खा मिडिया नेटवर्कको थप अनुसन्धान गर्न पनि प्रहरीलाई निर्देशन दिएको थियो ।

मंसिर ५ मा साहारा चितवनका २४ बचतकर्ताले ठगी र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै रवि लामिछानेसहित थप १० जनाविरुद्ध पूरक उजुरी दिएका थिए । लामिछानेलाई गोर्खा मिडियाको तत्कालीन सेयरधनी/सञ्चालक र प्रबन्ध निर्देशकको हैसियतमा बचतकर्ताले उजुरी दिएका हुन् ।

त्यसैगरी छविलाल जोशी तत्कालीन सेयरधनी तथा सञ्चालक रहेको जाहेरीमा उल्लेख छ । उजुरीकर्ताले गोर्खा मिडियामा नियमविपरीत साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाबाट १० करोड ८० लाख रुपैयाँ गएको दाबी गरेका छन् ।




भर्खरै