४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

विभिन्न निकायलाई दिएका निर्देशनहरुको कार्यान्वयन नभएको सांसदहरुको गुनासो

विभिन्न निकायलाई दिएका निर्देशनहरुको कार्यान्वयन नभएको सांसदहरुको गुनासो
अ+ अ-

काठमाडौं । संसदीय समितिले दिएका निर्देशनहरु सम्बन्धीत निकायले जिम्मेवारीपूर्वक कार्यान्वयन नगरेको सांसदहरुले बताएका छन् ।

संघीय संसद प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले यस अघि दिएका विभिन्न निर्देशनहरुको कार्यान्वयनको अवस्थाको विषयमा छलफल गर्न राखेको बैठकमा उपस्थित सांसदहरुले समितिले यस अघि विभिन्न निकायलाई दिएका निर्देशनहरुको कार्यान्वयन नभएको बताएका हुन् । समितिले आफ्नो कार्यक्षेत्र अन्तरगत रहेका मन्त्रालय, विभाग तथा त्यस अन्तरगतका निकायहरुलाई विभिन्न समयमा दिएका निर्देशनहरुको कार्यान्वयनको विषयमा गम्भिर समिक्षा हुनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले समितिले विभिन्न समयमा दिएका निर्देशनहरुको कार्यान्वयन फितलो भएको बताउनुभयो । उहाँले समितिको बैठकमा उपस्थित भएर मन्त्रीहरुले नै गलत रिपोर्टीङ दिने गरेकाले निर्देशनहरुको कार्यान्वयन जिम्मेवारीपूर्वक हुन नसकेको बताउनुभयो । मन्त्रीले दिने रिपोर्टमा नै सत्यता नहुँदा कुनैपनि अयोजनाको निर्माण समयमा सम्पन्न हुन नसकेको उहाँको भनाई छ । कुनैपनि विषयमा समितिले छलफल गर्नु अघि त्यस क्षेत्रको स्थलगत अनुगमन गरी प्रतिवेदन तयार गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

नेपाली कांग्रेसकी सांसद रगंमती शाहीले पछिल्लो समय कोभिडको बाहना बनाएर काम नगर्ने प्रवृति बढेको बताउनुभयो । हुम्ला जिल्लामा कोभिडको असर नपरेपनि कर्णाली कोरिडोरको काम रोकिनु त्यसैको उदाहरण भएको भन्दै समितिले त्यस्ता विषयलाई पहिलो प्राथमिकतामा राखेर गम्भिररुपमा निर्देशन दिनुपर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद केदार सिग्देलले कुनैपनि आयोजना गुणस्तरीय भए नभएको सम्बन्धमा समितिले दिएको निर्देशनहरु अहिले सम्म पनि कार्यान्वयन नभएको देखिएको बताउनुभयो । त्यस्तै आयोजनाको वर्गीकरण प्रष्ट नभएकाले संघ, प्रदेश र स्थानीय तहको प्रावधान स्पष्ट पार्न यस अघि दिएको निर्देशन अहिले सम्मपनि कार्यान्वयन नभएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद यज्ञराज सुनुवारले अयोग्यहरुका लागि कोभिड १९ बाहना बनेको बताउनुभयो । कुनैपनि निर्माण कार्य समयमा गर्न अयोग्य कम्पनी तथा निकायले कोभिडलाई बाहना बनाएर काम नगरेको उहाँले स्पष्ट पार्नुभयो । सबै क्षेत्रमा यस्तो प्रवृति देखिएकाले छुट्टै छलफल गरी निर्देशन दिनुपर्ने बताउनुभयो । त्यस्तै चालु आर्थिक वर्षको चौमासिक सकिनै लाग्दा बजेट कार्यान्वयन के कति भएको छ भन्ने सम्बन्धमा समेत छलफल तथा समिक्षा गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद ईन्दुकुमारी शर्माले सबैभन्दा बढी समस्या भौतिक पूर्वाधार क्षेत्रमा रहेको बताउनुभयो । यस अघि समितिले दिएका निर्देशनहरु सबैभन्दा बढी भौतिक पूर्वाधार अन्तर्गत नै कार्यान्वयन नभएको उहाँले बताउनुभयो ।

बैठकमा सांसदहरुले कोभिडलाई कारण देखाउँदै काम नगर्ने प्रवृतिको अन्त्यका लागि समितिले उपसमिति गठन गरी अनुगमन गर्नुपर्ने बताएका छन् । सबै आयोजनाको अनुगमन गरी प्रतिवेदन तयार भएपछि मात्रै समितिको नियमित बैठक बसेर छलफल गरी आवश्यक निर्देशन दिनुपर्ने आवश्यकता देखिएको सांसदहरुले बताएका छन् ।