२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत मोबिलिटी एक्सपोमा ५० नयाँ गाडी सार्वजनिक



अ+ अ-

काठमाडौँ। गाडीहरूको कुम्भमेला ‘भारत मोबिलिटी एक्स्पो, २०२५’ आजदेखि सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार नयाँ दिल्लीमा मेलाको उद्घाटन गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार एक्स्पोको उद्घाटन गरे । उद्घाटनका क्रममा मोदीले भारतीय अटोमोटिभ उद्योग विशेष र भविष्यका निम्ति तयार रहेको बताए ।

जनवरी १७ देश २५ सम्म चल्ने एक्स्पोमा दर्जनौँ ब्रान्डका सवारीसाधन एवं अरू उत्पादन प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा अटोमोबाइल निर्माता, कम्प्पोनेन्ट निर्माता, इलेक्ट्रोनिक पार्ट्स, टायर, ऊर्जा स्टोरेजदेखि अटोमोटिभ सफ्टवेयर फर्म र रिसाइकल गर्नेहरूसम्मको सहभागिता छ ।

भारतको उद्योग तथा वाणिज्य मन्त्रालयको सहयोगमा आयोजित भारत मोबिलिटी ग्लोबल एक्स्पोको यो दोस्रो संस्करण हो । भारत मण्डपम, एस भूमि र ग्रेटर नोयडामा गरी तीन भेन्युमा एक्स्पो आयोजना गरिएको छ । प्रदर्शनी दुई लाख वर्गकिलोमिटरमा फैलिएको छ । प्रदर्शनीमा विभिन्न नौ शो लगातार राखिएको छ ।

भारत मोबिलिटी एक्सपोमा धेरै नयाँ मोडलका गाडीहरू प्रदर्शनमा राखिएका छन् । टाटाले सिएरा र कर्भ ईभीका नयाँ मोडल राखेको छ । मारुती सुजुकीले ई–भिटारा ल्याएको छ । यो मारुती सुजुकीको पहिलो विद्युतीय गाडी हो । जसले ५०० किलोमिटर रेन्ज दिने बताइएको छ ।

मर्सिडिज बेन्जले इलेक्ट्रिफाइड जी वागन सार्वजनिक गरेको छ । महिन्द्राले बीई–६ ई र एक्सइभी–९ ई एसयूभीलाई प्रदर्शनमा राखेको छ । मोबिलिटी एक्स्पोकै अवसरमा हुन्डाईले आफ्नो लोकप्रिय मोडल क्रेटाको ईभी भर्सन आजै सावर्जनिक गरेको छ । जुन चारवटा भेरियन्टमा उपलब्ध हुनेछ । बीवाइडीले सिलायन ७ ईभी कार सार्वजनिक गरेको छ । नेपालमा गत भदौमा भएको नाडा अटो शोमा प्रदर्शनमा राखिएको भए पनि बिक्री वितरण भने भएको छैन ।