१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जामा पहिरोले पुरिदा ९ जनाको ज्यान गयो



अ+ अ-

काठमाडौं । पहिरोमा पुरिएर स्याङ्जामा एकै परिवारका ९ जनाले ज्यान गुमाएको छ । बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएर ९ जनाको ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार पहिरोले पुरिएर २७ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया स्यानी नेपाली र ९ वर्षीय बालक विवश नेपाली, १४ वर्षीय विक्रम भनिने शिशिर नेपाली र १९ वर्षीया विनिता नेपाली, २२ वर्षीय कुलदीप नेपाली र ५ महिनाको बच्चा कबिर नेपालीको मृत्यु भएको छ ।  

घट्नास्थलबाट १६ वर्षीया मनिषा नेपालीको जिवित उद्धार गरिएको बताए । मनिषालाई थप उपचारका लागी गाण्डकी मेडिकल कलेज पोखरातर्फ पठाइएको छ ।