४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् नियमित बैठक बस्दै, कोभिड-१९ बारे महत्त्वपूर्ण निर्णय हुनसक्ने



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक बिहीबार साँझ साँझ ५ बजेलाई बोलाइएको हो । 

सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार बिहीबारको मन्त्रिपरिषद् नियमित भएकाले मन्त्रालयगत एजेण्डामा छलफल हुनेछ । मन्त्रिपरिषद‍्को नियमित बैठक साताको सोमबार र बिहीबार बस्ने गरेको छ । 

आजको बैठकमा स्वास्थ्य मन्त्रालयको प्रस्तावमा कोभिड-१९ सँग सम्बन्धित नयाँ केही निर्णयहरु हुन सक्छन्’ मन्त्री ज्ञवालीको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमितकोे संख्या २५ हजार पुगेपछि लकडाउन गर्न गरेको सिफारिसका बारेमा केही निर्णय हुन्छ कि भन्ने प्रश्नमा उनले भने, ‘देशभर त अब लकडाउन हुन्न तर संक्रमितको अवस्था हेरिकन आवश्यकता अनुसार निर्णयहरु हुन सक्छन् ।’